2026-11-13 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

2026-11-13

काठमाडौँ | काठमाडौँ गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिमले १० अंकसहित अंकतालिकाको शीर्षस्थानमा कब्जा जमाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो।

यससँगै सुदूरपश्चिमले सात रनको जित निकाल्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो। लिग चरणका सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिमले १० अंक जोडेको छ। सुदूरपश्चिमसँगको हारपछि काठमाडौँ गोर्खाजको प्लेअफ यात्रा भने अनिश्चित बनेको छ। चार खेलमा जित र दुई खेलमा हार बेहोरेको काठमाडौँ आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। काठमाडौँले लिग चरणको अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। उक्त खेलको नतिजापछि मात्रै उसको प्लेअफ यात्रा टुंगो लाग्नेछ। यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौँविरुद्ध ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। टोलीले २.३ ओभरमा आठ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। संकटपूर्ण अवस्थामा कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पाँचौँ विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले। आरिफ १६ रन बनाएर रनआउट भए। त्यसपछि दीपेन्द्र र थरिन्दु रत्नायकेले छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको थियो। कप्तान दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा अर्धशतक पूरा गरेका थिए। थरिन्दु रत्नायके २६ रन र फाबियन एलेन दुई रनमा अविजित रहे। काठमाडौँका लागि जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो छठको भोलिपल्ट पनि सार्वजनिक बिदा आइतबारदेखि पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना एनपीएल : सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई दियो १२६ रनको लक्ष्य भीमफेदी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त, ५ सदस्यीय छानबिन समिति गठन सर्वोच्च अदालतमा ४ नयाँ न्यायाधीश नियुक्त, राष्ट्रपति पौडेलद्वारा नियुक्ति जुवाको खालबाट २३ जना पक्राउ, साढे ८ लाख बढी बरामद कांग्रेसमा गुटबन्दी बढाउन खोज्दै सरकार, महामन्त्री पौडेलको आरोप एनपीएल : सुदूरपश्चिमविरुद्ध काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने ईभी दुर्घटनामा १३ गाउँवासीको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, आज अन्तिम दाहासंस्कार गरिँदै तिहारपछि सुनचाँदीको मूल्यमा भारी गिरावट देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो