2026-11-14 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

2026-11-14

काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले विगत २४ घण्टामा देशभर कतै पनि वर्षा रेकर्ड नभएको बताइन् ।

उनका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु लागिरहेको छ। आज दिउँसो देशको हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थान अर्थात् करिब १० प्रतिशत भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बाँकी अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। त्यस्तै आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका भूभागमा भने भोलि बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ।

भोलिदेखि भने पश्चिमी तथा उच्च हिमाली क्षेत्रमा मौसम थप सक्रिय हुने देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागमा मध्यम स्तरको वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् निरौलाले जानकारी दिइन्। यसका साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातसँगै असिनासमेत पर्न सक्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागमा मध्यम हिमपातको आँकलन गर्दै विभागले पहेँलो रङको चेतावनी जारी गरेको छ। मौसममा आउने फेरबदलबारे सतर्क गराउँदै मौसमविद् निरौलाले भनिन्, ‘आजका लागि देशभर कुनै चेतावनी जारी गरिएको छैन, तर भोलिका लागि तीन प्रदेशका हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेकाले पहेँलो सतर्कता अपनाइएको छ।’

उनले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर अद्यावधिक रहन अनुरोध गरिन्। बाँकी भूभागलाई हरियो रङमा राखिएको भए पनि सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ। यस्तै पर्सिको मौसमबारे उल्लेख गर्दै उनले कोशी प्रदेशको हिमाली र पहाडी भेगका साथै बागमती र गण्डकीको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइन्। मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न उनले सर्वसाधारणलाई आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ