2026-11-14 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली

2026-11-14

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले प्रहरी संगठन अहिले दुई भागमा बाँडिएको दाबी गरेका छन्। शनिबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रहरी दुई भागमा बाँडिएको बताएका हुन्।‘अहिले पुलिस दुई भागमा बाँडिएको छ। एउटा मार खानेमा परेको छ, अर्को हेरेर बसेको छ,’ ओलीले भने, ‘अहिले खुसी हुनेहरूले भोलि मार खान्छन् फेरि।’

उनले प्रहरीको सेवा सुविधा बढाउने भूमिका आफूहरूले नै बताए। ‘प्रहरीको सुविधाका लागि, प्रहरीको जीवन जागिरमा पनि सजिलो होस्, उनीहरू विदेश जाँदा पनि थितिसँग, कहीँ धाएर होइन, पैसा खुवाएर होइन, थितिसँग जान पाउनु भनेर हामीले नै गर्‍यौँ,’ उनले भने।

तर अहिले प्रहरीको व्यवहार देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए। प्रहरीमाथि आक्रमण गर्ने, हतियार खोस्ने र बर्दी उतार्नेहरूलाई मालिक मानेर उनीहरूकै आदेशमा आफूहरूमाथि प्रहार गरिएको उनको आरोप थियो।‘पुलिस मार्ने, त्यसरी पुलिसका हतियार खोस्ने, बर्दी उतार्ने, पुलिस छुट्ने, नाङ्गे बनाएर छोड्ने, नालीमा फालिदिनेहरूलाई मालिक मानेर त्यस्ताका आदेशमा हामीमाथि निर्मम प्रहार गरे,’ उनले भने।

प्रहरीले आगामी दिनमा यस्तो व्यवहार नगर्ने आफूले अपेक्षा गरेको पनि ओलीले बताए। ‘म अपेक्षा गर्छु, आइन्दा त्यस्तो गर्दैन होला अब। त्यस्तो नगरोस् पुलिसले भन्ने म चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ