2026-11-14 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने

2026-11-14

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अब जनताका बीचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताउनुभयो । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।”

पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्‍याउने उद्देश्य राखेको उहाँको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उहाँले भन्नुभयो । सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताउनुभयो । यसलाई उहाँले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गर्नुभयो । उहाँले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ