2026-11-16 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकका मुद्दामा सरकारले कदम चालोस्, कांग्रेस बाहिरै बसेर सहयोग गर्न तयार छ : प्रदीप पौडेल

2026-11-15

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । झण्डै दुई तिहाइको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले सरकारले नागरिकका पक्षमा काम गर्नुपर्ने भन्दै कांग्रेसले बाहिर बसेर सकारात्मक सहयोग गर्ने उल्लेख गरे ।

“नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ”, महामन्त्री पौडेलले भने– “शासन विधिको हुनुपर्छ, संविधानभन्दा माथि हामी कोही छैनौँ, त्यसको कार्यान्वयनमा जोड दिऔँ, कांग्रेस पनि यही चाहन्छ ।”

महामन्त्री पौडेलले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएको मिथ्या आरोपको छानबिन गर्न माग गरे । पार्टीको जिम्मेवारी पाएका नपाएका सबैले उत्तिकै जिम्मेवारीसहित पार्टीको सङ्गठनलाई अझै मजबुत बनाउँदै अगाडि बढ्नका लागि उनले नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । सोही अवसरमा महामन्त्री पौडेलले स्याङ्जा क्षेत्र नं २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा केन्द्रीय सदस्यहरु सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी छ : शंकर पोखरेल रास्वपाले कानुनी प्रक्रिया नजान्दा अघिल्लो स्थानीय चुनावमा भाग लिन पाएन : शंकर पोखरेल परराष्ट्रमन्त्री खनाल र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेलाई भेट्न सर्लाही पुगे सभामुख अर्याल बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता तीन देशका लागि नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कांग्रेस सुदूरपश्चिम अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला लगातार घट्दै सुनको मूल्य, आज तोलामा १,१०० रुपैयाँले गिरावट; चाँदी पनि घट्यो नागरिकका मुद्दामा सरकारले कदम चालोस्, कांग्रेस बाहिरै बसेर सहयोग गर्न तयार छ : प्रदीप पौडेल कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेट, छोराको पढाइको जिम्मा लिने प्रतिबद्धता विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र एनपीएल : चितवनमाथि कर्णाली याक्सको शानदार जित अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य