2026-11-17 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

2026-11-17

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर खेल आज हुँदैंछ । त्रिवि मैदानमा हुने खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्सको सामना गत संस्करणकै उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा हुनेछ । लुम्बिनीले जारी एनपीएलमा ७ खेल खेल्दा पाँच जित हासिल ग¥यो भने एक खेलमा हार बेहोरेको थियो । एक खेलको नतिजा भने निस्केको थिएन । लुम्बिनीले समूह चरणमा पहिलो खेलमै सुदूरपश्चिमलाई हराएको थियो । यो खेल न्युन योगफलको भएको थियो ।

पहिले ब्याटिङ गरेको सुदूरले मात्र ८७ रनको योगफल बनाएको थियो । टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन जोड्न्ु नै व्यक्तिगत ठूलो योगदान बनेको थियो । यसपछि ओपनर सैफ जैबले १३ रन र बलर अनिल खरेलले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरको ब्याटिङ ध्वस्त बनाउन लुम्बिनीका बलर किशोर महतो र शेर मल्लको भुमिका मुख्य रह्यो । किशोरले ४ ओभरमा २२ रन दिई ४ विकेट लिएका थिए । यस्तै, शेरले ४ ओभरमा ३ विकेट लिँदा मात्र ११ रन खर्चेका थिए । यसपछि शादली भान शाल्कीक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले एक–एक विकेट बाँडेका थिए ।

जवाफमा ८८ रनको विजयी लक्ष्य लुम्बिनीले ३ विकेटको क्षतिमा ९.५ ओभरमै भेटाएको थियो । टोलीका लागि ओपनर डीआरसी शर्टले सर्वाधिक ४० रनको योगदान दिएका थिए । यस्तै अर्का ओपनर आसिफ शेखले ३२ रन जोडेका थिए । उनीहरूले पहिलो विकेटका लागि ६.२ ओभरमै ७१ रनको साझेदारी गरेर ७ विकेटको आराम जित दिलाएका थिए । आज हुने खेलमा सुदूरको लागि लुम्बिनीसँग यस हारको बदला लिने मौका छ । सुदूरले जारी एनपीएलमा सात खेल खेल्दा लुम्बिनीले झंै ५ खेलमै जित निकालेको थियो । तर, टोलीले दुई खेलमा हार बेहोरेको थियो । टोलीले विराटनगर किंग्स र लुम्बिनीसँग हार बेहोरेको थियो । त्यसो त यस खेलमा हार बेहोरेपनि फाइनल पुग्न अर्को खेलमा मौका बाँकी रहनेछ । यस खेलमा हार्ने टोलीले बुधबार हुने पहिलो इलिमिनेटरको विजेता टोलीसँग खेल्नेछ । पहिलो इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाजको सामना चितवन राइनोजसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ सुनको मूल्य तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी