2026-11-17 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली

2026-11-17

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरे । जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष छानविन हुन नसकेको समेत टिप्पणी ओलीको थियो ।

सरकारद्वारा गठित छानविन आयोग र मानव अधिकार आयोगले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानविन गर्नुको सट्टा आफूहरूलाई आरोपित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप उनको थियो ।‘अहिले हामीले धक्का खाएका छौँ, हामीले लोकतान्त्रिक बाटोबाट धक्का खाएका होइनौँ । बलजफ्ती, आगो लगाएर, लुटपात गरेर, राज्यका संयन्त्रहरू निष्क्रिय र निस्प्रभावी भएर हामी सरकारबाट हटाइयौँ । मान्छे मराएर उनीहरूले कब्जा गरे । मान्छे कसले मार्‍यो ? कसले गोली चलायो ? आयोग बने, स्थायी मानव अधिकार आयोग त छँदैछ । वास्तवमा छानबिन भएन । सम्भवत: आयोगहरूलाई छानबिन गर्नु पनि थिएन । केपी ओलीलाई आरोपित गर्नु थियो,’ ओलीले भने ।

विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति समेत उनले आपत्ति जनाए । उनले विघठित प्रतिनिधि सभासम्बन्धी मुद्दाको फैसलामा ढिलाई गरेको भन्दै सर्वोच्च अदालतको आलोचना समेत गरे ।‘उहाँहरूले गोली चलाउन आदेश दिएको छ भन्दा छैन भन्ने आयोगहरूकै निष्कर्ष छ गोली चलाउने आदेश प्रधानमन्त्री पनि दिएन, गृहमन्त्रीले पनि दिएन । अझ के भने इटलीले अहिले मेटालाई अर्बौँ रुपैयाँको दण्ड गरेको छ । बेथिति रुपमा चलाएको र मानहानी गरेको सजाय गरेको छ । हामी कहाँ थितिमा नबस्दाखेरी राज्य मान्दिनँ, कानुन मान्दिन,’ ओलीले भने, ‘तेरो संविधान मान्दिनँ, सरकार मान्दिन भन्दा हामीले बन्द गर्ने निर्णय नगरेका हौँ । अनि विदेशी व्यवसायीलाई नियमन गर्न खोजेको आरोपमा तत्कालीन सञ्चारमन्त्रीलाई कारबाही गर्नुपर्छ भन्ने मानव अधिकार आयोगको निष्कर्ष छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ सुनको मूल्य तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले विपद् उद्धार कोषको रकम दुरुपयोग हुँदैन, पारदर्शी रूपमा खर्च हुन्छ : महावीर पुन स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ स्थानीय चुनावमा एमाले पहिलो र रास्वपा चौथो हुने महेश बस्नेतको दाबी