काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस हारेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा सुदूरपश्चिमले पाचौँ विकेट गुमाएको छ । खेलको १५ ओभर १ बलमा सुदूरपश्चिमका थरिन्दु रत्नायके आउट भए । शेर मल्लको बलमा बोल्ड हुनुअघि उनले ५ बलमा १ रन बनाए ।
लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो । यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।
आजका विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशका लागि भोलि हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।