2026-11-18 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

2026-11-18

काठमाडौँ | नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा उद्घाटन हुँदै छ । भेलामा सहभागी प्रतिनिधिहरू यतिखेर भेलास्थल कार्की बेङ्क्वेट थापाथली हाइटमा जुट्दै छन् । देशभरबाट ३४ सय १४ प्रतिनिधिहरू सहभागी हुँदै छन् । अध्यक्ष केपी शर्मा ओली उद्घाटनका लागि राष्ट्रिय भेला उद्घाटन समारोहस्थल पुगेका छन् । भेलामा सहभागीहरूको हाजिरी र परिचयपत्र (कार्ड) वितरण धमाधम भइरहेको छ । भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचश्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ सहभागी छन् । विजयलाल नेकपा संस्थापक महासचिव पुष्पलालको भाइ हुन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको पूर्वतयारीका लागि भेला आयोजना गरिएको हो । पार्टी जीवनमा स्थानीय कमिटी तहदेखि केन्द्रीय कमिटी, संसददेखि पालिकासम्मका प्रतिनिधिसहितको यो पहिलो भेला हो । २०८२ भदौ २३-२४ को जेनजी उपद्रव पछि मुलुकमा उत्पन्न राष्ट्रिय राजनीतिक निकासका लागि भेलामा बहस हुने छ । भेलाले राजनीतिक कार्यदिशा, आउँदो स्थानीय तहको चुनावको पूर्व तयारी बारे प्रशिक्षणसहित पार्टीको राजनीतिक लाइनमा एकरुपताको सन्देशसहित ऊर्जा प्रदान गर्ने छ ।

गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरूको कार्यन्यवनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामको जिम्मेवारी र कार्य सम्पादन सम्बन्धी भेलामा छलफल हुने छ । भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुने छन् । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सहित विशेष सम्बोधन गर्नु हुने छ । त्यसैगरी वरिष्ठ नेता तथा सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन हुनेछ । वरिष्ठ नेता भण्डारी पार्टीमा औपचारिक पुनरागमन पछि पहिलो र विशेष सम्बोधन हुनेछ । त्यसैगरी उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ