2026-11-18 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र

2026-11-18

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिए । “विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ”, प्रवक्ता क्षेत्रीले भने ।

भ्रमणका क्रममा दुई देशबिच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ । साथै विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ । भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ । रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् । विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ । विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी, केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणका क्रममा प्राथमिकता पाउने अपेक्षा गरिएको छ । भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाको निर्माणलाई तीव्रता दिने र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरणको विषय पनि सम्भावित एजेन्डाको सूचीमा रहेको बुझिएको छ ।

भ्रमणका अवसरमा दुई देशबिचको पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल हुनेछ । दुई देशबिच नागरिकस्तरमा सम्बन्ध विस्तार, सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने सम्भावना छ । प्रधानमन्त्री शाहको भ्रमणको तयारीकै सिलसिलामा भारतका विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । सो अवसरमा उनले प्रधानमन्त्री शाह र केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन् ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन पहिलोपटक विदेश भ्रमण गरेका थिए । त्यस्तै, उनको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ सुनको मूल्य तोलामा १,९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो