2026-11-18 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ

2026-11-18

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आलोचना गर्दै समाज उल्टो दिशातर्फ अघि बढिरहेको र सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले संस्कृति, सभ्यता र सामाजिक मूल्यमान्यतामाथि प्रहार भइरहेको दाबी गरे । उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताका समस्या समाधानमा प्रभावकारी काम हुन नसकेको बताए ।

‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौँ पैसा जम्मा भएको छ, त्यो पैसा थन्किएर बसेको छ, पीडितहरू दुःखमा पिल्सिरहेका छन्,’ ओलीले भने, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन । शिक्षा बिग्रँदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदनामा शिशुलाई जन्म दिनुपर्ने अवस्था छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतको भूमिकामाथि पनि प्रश्न उठाए । राज्यका विभिन्न अंग तथा निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै उनले राष्ट्रिय स्वाधीनता, अस्मिता, स्वाभिमान र सम्मानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको बताए । उनले जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी देशमा विध्वंस मच्चाइएको दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ बलजफ्ती र आगजनी गरेर हामीलाई सरकारबाट हटाइयो : केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सुरु उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु, परीक्षणपछि मात्रै बिक्री गर्न पाइने देशको सबैभन्दा मजबुत शक्ति एमाले नै हो : केपी शर्मा ओली दानबहादुर कार्कीको पहिलो सुनुवाइ बुधबार हुँदै एनपीएल पहिलो क्वालिफायर आज: लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त ३०० रुपैयाँको सामान किन्दा भक्तपुरका राम श्रेष्ठलाई १० लाखको उपहार लोहोरोले हानेर पत्नीको हत्या, पति पक्राउ