2026-11-18 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता

2026-11-18

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, प्रधानमन्त्री शाहले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे ।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए । उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते एनपीएल पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले रोज्यो पहिले बलिङ स्रोत नखुलेको १ करोड ६७ लाख नगद नगदसहित ३ जना पक्राउ