2026-11-19 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो

2026-11-19

काठमाडौँ | नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले सरकारको आलोचना गर्दै राजनीतिक दलहरू संविधान रक्षाका लागि अघि बढ्नुपर्ने बताएकी छन् । बिहीबार एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले दलहरूलाई साना मतभेद थाती राखेर एकजुट हुन आग्रह गरेकी हुन् ।

‘पार्टीहरूले सानातिना राजनीतिक मतभेदहरूलाई थाती राखेर मुलुकको बृहत्तर हितका निम्ति संवाद, सहकार्य र पहलकदमी लिनु पर्दछ,’ उनको भनाइ छ, ‘हाम्रो देश अनेकौँ आर्थिक, सामाजिक र राजनीतिक चुनौती सामना गर्दै अगाडि बढिरहेको छ । दैनन्दिनका उपभोग्य सामग्रीको बजार भाउ आकासिएर न्यून आय भएका गरिब नागरिकको चुलो नै ओसिलो हुँदैछ । रोजगारीका अवसरहरू खुम्चिँदै गएका छन् । आयात प्रतिस्थापन हुन नसक्दा व्यापार घाटा बढिरहेको छ । शान्ति सुरक्षामाथि गम्भीर प्रश्नहरू खडा हुँदैछन् । सरकारप्रति जनताका गुनासाहरू बढिरहेका छन् ।’

उनले विशेष मिति उल्लेख नगरी पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासका सम्बन्धमा गम्भीर प्रश्न उठेको बताएकी छन् ।‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव परिरहेको छ । यसबाट हाम्रो मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत आँच आउन थालेको देखिन्छ । समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्दछ’ भण्डारीको भनाइ छ, ‘त्यसकारण नेकपा (एमाले) सहित देश र जनताप्रति जिम्मेवार सम्पूर्ण राजनीतिक दल, देशभक्त र राष्ट्रवादी शक्ति तथा व्यक्तिहरूले आफ्नो भूमिकालाई थप प्रभावकारी तुल्याएर संविधान र कानुनले निर्दिष्ट गरेको दिशामा मुलुकको राजनीतिलाई लयमा लिएर आउनु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो लगातार घट्दै सुन-चाँदीको मूल्य, बिहीबार सुन तोलामा ३ हजार ३ सय रुपैयाँ सस्तियो काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता एमालेका तीन केन्द्रीय सदस्यलाई ओलीले गराए शपथ ग्रहण एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते