2026-11-19 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन

2026-11-19

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भवितव्यले पार्टीमा कोही पनि शीर्ष स्थानमा नपुग्ने बताएका छन् । काठमाडौँमा जारी एमालेको राष्ट्रिय भेलामा बिहीबार (मंसिर ३) उनले पार्टीको पदाधिकारी बन्न योग्यता पुगेको हुनुपर्ने बताएका हुन् । “अरूमा जस्तो जे भए पनि हुन्छ, जो भए नि हुन्छ भन्ने होइन । नेतृत्वमा वैचारिक स्पष्टता, सांगठनिक अनुभव, इतिहास, योगदान सबै चिजको मूल्यांकन गरिन्छ,” ओलीले भने ।

उनले थपे, “हाम्रो पार्टीमा भवितव्यले, भवितव्यले एकछिन ऊसँग मिलेर, यताउता गरेर कोही भवितव्यले हाम्रो पार्टीमा अध्यक्ष, उपाध्यक्ष, वरिष्ठ नेता, महासचिव, उपमहासचिव, सचिव भवितव्यले हुँदैन । कुनै पनि ठाउँमा भवितव्यले हाम्रो पार्टीमा शीर्ष स्थानमा पुग्दैन ।”

उनले युवा, महिलालाई एमालेले अघि बढाउन चाहेको भने बताए । तर, युवा भएकै आधारमा क्षमता नभई नेतृत्वमा नपुग्ने उनले स्पष्ट पारे । “हामीले कुनै भ्रममा पर्नु हुँदैन । युवाहरूलाई प्राथमिकताका साथ अघि बढाउन चाहन्छौँ । तर, टुप्पामा लगेर पदमा राख्दैमा, युवा उमेर पुग्यो अब, मेरो छोराको उमेर पुग्यो अब, युवा भएपछि केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा किन नराख्ने, युवालाई महत्त्व दिनुपर्छ, अब मेरो छोरालाई सचिवालयमा राख्नुपर्छ भन्ने यहाँ चल्दैन,” ओलीले भने ।

एमालेमा संगठन, काम सिक्नुपर्ने, विचार अध्ययन र आन्दोलनमा सरिक हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो लगातार घट्दै सुन-चाँदीको मूल्य, बिहीबार सुन तोलामा ३ हजार ३ सय रुपैयाँ सस्तियो काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता ओलीको आरोप : खर्बौँ रुपैयाँ थन्किएको छ, पीडितले दुःख पाइरहेका छन्, शिक्षा र स्वास्थ्य क्षेत्र बेहाल छ प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ओलीले सम्बोधन गर्ने सुन–चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै एनपीएल पहिलो क्वालिफायर : सुदूरपश्चिमको पाँचौँ विकेट पतन जेनजी आन्दोलनका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने, स्वास्थ्यमन्त्री मेहताको प्रतिबद्धता