हाम्रो समाज पनि अचम्मको छ । यहाँ कोही हद भन्दा स्वार्थी छन् त कोही निःस्वार्थ मन भएका समा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हाम्रो समाज पनि अचम्मको छ । यहाँ कोही हद भन्दा स्वार्थी छन् त कोही निःस्वार्थ मन भएका समा"/>
२०८२, ४ चैत्र बुधबार
काठमाडौँ - KTM

आमा गुमाएपछि समाजसेवामा प्रेरित भएँ: बाँस्कोटा

२०७३, ५ श्रावण बुधबार ०१:१२

हाम्रो समाज पनि अचम्मको छ । यहाँ कोही हद भन्दा स्वार्थी छन् त कोही निःस्वार्थ मन भएका समाजसेवी पनि । अझ प्रवासीहरुले त झन् प्रवासमा कमाएको धन नेपालको सेवामा कम मात्रै खर्च गर्छन् । बरु बैदेशिक रोजगारीबाट फर्किएपछि फजुल खर्च गर्ने तर सामाजिक कार्यमा चासो नराख्ने यही समाजमा एउटा नमुना नाम बनेको छ: देव बाँस्कोटा । 

पुर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गम गाउँ ओयाक्जुङ गाविसको वार्ड नं. ५ मा स्थायी घर भएका बाँस्कोटा अहिले इजरायलमा कार्यरत छन् । तर प्रवासमा रहेपनि नेपाल र नेपालीका दुःखसुख बाट कत्ति पनि टाढा बस्न नसक्ने यिनले मिडियाकै माध्यमबाट समाजसेवा गरेर अहिले चर्चित छन् । जन्मथलो तेह्रथुमसँगै आसपास र पुरै नेपालमै किन नहोस् ? हरेक नेपालीका दुःखको साथी बनिदिन्छन् उनी । 

बुबा पुन्यप्रसाद र आमा बालकुमारीका सन्तान बाँस्कोटा प्रवासमा कमाएको लाखौँ रुपैयाँ स्वदेशमा लगानी गर्दै आएका छन् । आफ्नी आमाको मृत्युपछि सामाजिक क्षेत्रमा लगानी गर्ने थालेको बताउने उनै प्रवासी युवा समाजसेवी बाँस्कोटासँग हाम्रा सहकर्मीले गरेको संक्षिप्त कुराकानी:

१. भनिन्छ, परदेश स्वदेश झैँ छैन, हुँदैन । तर तपाई त परदेशमा रहेर पनि स्वदेशको सेवा गर्दै हुनुहुन्छ ? कसरी सम्भव भयो यस्तो गर्न ?

हो नि । परदेशी जीवन घर गाउँमा भए जस्तो त किन हुन्थ्यो र ? प्राय ः मेरो अधिकांश समय काम गर्दैमा बित्छ । बाँकी रहेको समय स्वदेशका समाचार, घटना र परिस्थितिबारे जानकारी लिएर बिताउने गरेको छु । र तिनै सूचना समाचारले गाउँका दुःखसँग जोड्छन् । मनले मान्दैन, र यथासक्दो सहयोग त गर्न मन लागिहाल्ने भयो नि । मेरो आमा म सानै हुँदा बित्नुभो त्यो पनि आर्थिक अभावकै कारणले । त्यसैले पनि आर्थिक अभाव भएकाहरुलाई सहयोग गर्न विशेष रुचाउँछु । आफुले गरेको सानो सहयोगले कसैको जीवन बाँच्छ भने किन समाजसेवा नगर्ने ? भनेर म यो क्षेत्रमा काम गरिरहेको छु ।

२. अहिले कस्ता व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ? 

आर्थिक अभाबका कारण उपचारमा समस्या भएर  मृत्यृ शैयामा छटपटाइ रहेका  व्यक्तिहरु देख्दा आफ्नै आमाको याद आउँछ र मन थाम्नै सक्दिनँ । अहिले सम्म मेरो विशेष सहयोग पनि उनीहरु माथि नै छ जो उपचार अभावमा हुन्छन् । साथै समाजमा रहेर केही उर्जाशिल काम गर्ने नसकेका व्यक्ति समुह संस्थाहरुलाई पनि सहयोग गर्दै आएको छु । 

३. तपाईको विचारमा यो समाजसेवा भनेको चाँहि के हो ? किन यस्तो भावना हुनु जरुरी छ नि देव जी ?

समाजसेवा भनेको समाजको गाँउ ठाँउमा रहेका निमुखा गरीबीले पिल्सेकाहरुलाई केही राहात गर्नको साथै समाजलाई सकारात्मक बाटोमा अगाढि बढाउनका लागि मनैदेखि गरिने आर्थिक, भौतिक सहयोग हो । यदि सबैले आफुले कमाएको केही प्रतिशत मात्रै यो क्षेत्रमा खर्चिने हो भने हाम्रो समाज समृद्ध बन्न उति धेरै समय लाग्दैन जस्तो लाग्छ मलाई ।

४. तपाईले अहिलेसम्म गरेका केही उदाहरणहरुबारे भन्नुहोस् न ?

मैले सबैभन्दा पहिले एकल प्रयासले मात्र केही नहुने भएकाले परदेशिएकाहरुको एउटा सामुहिक सहयोगलाई जोड दिएको छु । सुरुमा हामीले यही इजरायलमै रहेका साथीहरुबाट पाँचथर रानिटारकी मृगौला पिडित तारा नेम्बाङलाई ७० हजार सहयोग गर्यौ । पछि पुनः मृगौला पिडित नै तेह्रथुम सिम्लेका गोपाल निंलेकुलाई ९० हजार रुपैयाँ सहयोग गरियो । हमरजुङकी घरबार विहीन बृद्ध आमा भद्रकुमारी सार्कीलाई ओत्कालागि भनेर १० हजार सहयोग गरेको छु । अनि खेल क्षेत्रमा म्याङलुङ, संखुवासभाको मादी, पाँचथर लगायत गरी एक लाख ३० हजार बढी नगदै सहयोग गरेको छु । लगायत अन्य साना सहयोगहरु पनि छन् जुन हामीले हाम्रो पाथीभरा मिडिया ग्रुपका माध्यमबाट गर्दै आएका छौँ । यी मध्येपनि तारा जी र गोपाल जीको जीवन रक्षामा हामीले गरेको सहयोग महत्वपुर्ण सावित भएको छ । आज उहाँहरु जीवित हुनुहुन्छ, र त्यसको कारणको एउटा सानो सहयोगी म पनि हुँ । 

५. अबको तपाईको समाजसेवाको यात्रा कसरी अघि बढ्छ नि ? चुनौती कति छन् ?

फेरि पनि आर्थिक कमजोरीका कारण उपचार गर्न नसकेकाहरुलाई मेरो प्राथमिकता हुनेछ । सकेको सहयोग गरिनै रहनेछु । र अन्य विदेशी स्वदेशी साथीहरुलाई पनि मेरो साथमा साथ दिन आग्रह गर्नेछु । साथै अन्य युवाहरुको विकास र क्षमता विकासकालागि पनि मेरो सहयोग रहने नै छ ।  अनि, यो क्षेत्रमा समस्या र चुनौती त प्रशस्तै नै छन् । यहाँ यस्ता व्यक्ति छन् जो आफू पनि गर्दैनन् र अरुलाई पनि गर्न दिदैनन् । त्यसैले गर्दा यी समस्याहरुलाई तोडेर अघि बढ्नु मेरो अबको अगाडिको यात्रा हो । 

मलाई यो क्षेत्रबाट नाम कमाउनु भन्दा पनि विपन्नताकै कारण कसैले मृत्यु भोग्नु नपरोस् भन्ने मेरो मुख्य ध्येय हो । अझ म त के भन्छु भने जो सँग पैसा छ, उसले जति पनि कमाउन सक्छ तर मर्दा कत्ति पनि कसैले पनि लिएर जाने हैन । त्यसैले हाम्रो समाजको लागि हामी आफैले कमाईको अलिकति खर्च गर्नु जरुरी हो भन्छु । र मलाई आगामी दिनमा साथीहरुलाई दिइरहनुभएको सहयोग निरन्तर हुनेछ भन्ने आशा गर्छु । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी