साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो "/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी अन्तर्जातीय जोडीले २५ बर्षे लडाई जिते

२१ श्रावण २०७३, शुक्रबार ०१:३७

साउन २१, काठमाडौं । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो ।

बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भएपनि अन्तजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो । २५ वर्षको संघर्षपछि नागरिकता पाउँदा उनीहरुको खुसीको सीमा रहेन । 

‘आज मेरो जिन्दगीकै खुसीको दिन हो,’ नागरिकता हातमा परेपछि खुसी हुँदै लोकगायिका माया गुरुङले भनिन् । जीवनभरको लडाई जितें, खुसी छु ।’

नागरिकताको लडाईंमा उनका पति लोकमान गुरुङलाई उतिसारो वास्ता थिएन । नागरिकता नभएकै कारण वैदेशिक रोजगारी र अन्य सम्भावनाका ढोका बन्द भएपछि उनले गाउँमै कृषि र्फम गरे । तर, मायालाई आफ्नो भन्दा सन्ततिको भविष्यको चिन्ता थियो । त्योभन्दा चिन्ता, २१ औं शताव्दीमा पनि कायमै रुढिवादीलाई तोड्ने थियो ।

विवाहको पाँच वर्षपछि नागरिकताको पहल गरेको भएपनि उनीहरुले आवश्यक कागजपत्र नहुँदा नागरिकता पाउन सकेका थिएनन् । केही नलागेपछि अदालति प्रक्रियामा पुगेका उनीहरुले मुद्दा जिते ।

जिल्ला अदालत लमजुङले ६ असोज २०७२ मा गरेको ‘बुबा छोरा’ बीचको नाता कायम भएको फैसलालाई पुनरावेदन अदालत पोखराले ६ जेठ २०७३ मा सदर गर्‍यो ।

श्रीमान लेखमानले वंशजका आधारमा नागकिता लिए । अदालतको फैसलाका आधारमा प्रहरीले पाँचजना छिमेकी राखेर वडा मुचुल्का र आठजना छिमेकीले सनाखत गरिदिए । – अन्नपूर्ण पोष्ट   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो