२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले व्यक्तिगत रुपमा कामदार पठाएमा के सजाय हुन्छ ?

२०७८, ९ बैशाख बिहीबार २०:१२

वैदेशिक रोजगार ऐनको दफा ५२ अनुसार वैदेशिक रोजगारमा पठाउन इजाजत पाएको कुनै पनि म्यानपावर कम्पनीले व्यक्तिगत रुपमा कामदार पठाउन नपाउने उल्लेख छ । 

ऐनमा स्पष्ट लेखिएको छ -

'कुनै इजाजतपत्रवालाले दफा २१ को उपदफा (३) विपरीत व्यक्तिगत रुपमा कामदार पठाएमा त्यस्तो इजाजतपत्रवालालाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा इजाजतपत्र रद्द वा दुवै सजाय हुनेछ ।' 

दफा २१ मा के छ ? 

वैदेशिक रोजगार ऐन दफा २१ मा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने उल्लेख छ । 

यस दफामा उल्लेख छ: 

(१) कुनै व्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा विदेश जान चाहेमा देहायका कुराहरु खुलाई विभाग समक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछः–

(क) रोजगारको लागि जान चाहेको मुलुक,

(ख) विदेशमा गर्नु पर्ने कामको प्रकृति,

(ग) रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,

(घ) रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,

(ङ) अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र,

(च) निरोगिताको प्रमाणपत्र ।

(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग उपयुक्त देखिएमा निवेदकलाई रोजगारका लागि विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिँदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण