२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाः एक लाख ४० हजारभन्दा बढी सहभागी, ७२ जनाले गुमाए ज्यान

२०७८, २३ चैत्र बुधबार ११:३७

चैत्र २३, काठमाडौं | कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ छन् । 

कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङ्को मृत्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको छ । 

नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो । नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो । 

नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ । यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसंघीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमाएका हुन् । 

नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ । अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ । 

"नेपाली सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ । यस सिलसिलामा आजसम्म ७२ जना सैनिकले वीरगती प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन्," नेपाली सेनाका प्रवत्ता सिलवालले न्युज कारखानासँग भने । 

हाल विश्वका ११ देशका रहेका १२ वटा राष्ट्रसंघीय शान्ति मिसनमा करिव ५ हजार ५ सय नेपाली सेना खटिएको उनले जनाए । खटिने सैनिकमा २५० जना महिला सैनिक रहेका छन् । 

अहिले सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिविया, इजरायल, यमन, सुडान र दक्षिण सुडानमा रहेका शान्ति मिसनमा नेपाली सेना खटिएका छन् । 

सिरियामा ४११, वेस्टर्न सहारामा ३, मालीमा १७५, कंगोमा १ हजार १५४, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ७५६, लेबनानमा ८७२, इराकमा ७७, लिवियामा २३५, इजरायलमा ३, सुडानमा २१ र दक्षिण सुडानमा १ हजार ७५२ जना सैनिक हाल तैनाथ रहेको प्रवक्ता सिलवालले जनाए । यसको अलवामा हाल राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट १९६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी खटिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना