३ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

११ बैशाख २०८२, बिहीबार १३:३४

काठमाडौँ | उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।

सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्रि र जनताका आवश्यकता बुझेर सकरात्मक परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राख्नुभयो ।

“लोकतान्त्रिक मूल्य, मान्यता अनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ र २०६२/६३ को परिवर्तन ल्याएका हौँ । प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक समृद्धितर्फ सबैले ध्यान दिनु जरुरी छ र यसका सबै सबै राजनीतिक दलले आ–आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ, कानुनी रूपमा भएका समस्या छलफलबाट समाधान गरौँ । प्राप्त गणतन्त्रको अधिकारलाई सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण कामका लागि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरोकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि समयसापेक्ष कानुन बनाउँदै समस्या समाधान गर्नुपर्ने भन्दै सरकार आवश्यकताका आधारमा छलफलबाट बाधक भएका कानुन संशोधन गर्न तयार रहेको बताउनुभयो ।

“मुलुकको आवश्यकतालाई मूल्याङ्कन गरेर काम गर्छौँ, समृद्धि हासिल गर्न १५ हजार मेगावाट विद्युत् भारतमा व्यापार गर्ने बाटो खुलेको छ, बूढीगण्डकीको सुरुवात गर्दा १७ हजार रोजगारी सिर्जना हुन्छ, यसलाई महसुस गरेर हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

सिडेनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसँग जोडिएका विषयमा आधारित रहेर दिगो विकासका लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । यो कार्यक्रमले दिगो विकासका क्षेत्रमा काम गर्ने सबैलाई सकरात्मक उर्जा प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो । बरालले सिडेनको यो सम्मेलनले यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने बताउनुभयो । सिडेनका अध्यक्ष एवं इञ्जिनीयर लक्ष्मण केसीले यस क्षेत्रमा भएका प्रशस्त सम्भावनाको छलफल गरेर प्रविधिको विकास अनुरुप दिगो विकासमा रहेका बाधा हटाउन नीतिगत व्यवस्थाका लागि सरकार र संसद्लाई सुझाव दिन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सिडेनका महासचिव एवं इञ्जिनीयर थमनबहादुर खड्काले संस्थामा हाल नौ हजार ६४६ जना इञ्जिनीयर सदस्य रहेका जानकारी गराउनुभयो । उहाँका अनुसार यीमध्ये बागमतीमा मात्रै छ हजार ७०० सय भन्दा बढी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल