९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

१६ बैशाख २०८२, मंगलवार १०:५४

काठमाडौँ | ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच आज महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी गराउनुभयो । “राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्दपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक जानकारी लिनुभयो, हामीले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारेमा रुचिपूर्वक जानकारी लिनुभयो, आपसी हितका विषयमा अति प्रभावकारी छलफल भयो”, उहाँले भन्नुभयो ।

महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको जानकारी गराउनुभयो ।

युरोपेली युनियनका राजदूत लोरेन्जोले महानगर प्रमुख महर्जनले महानगरको विकासमा गरेको प्रगति, दूरदर्शिता र प्रतिबद्धता प्रशंसनीय भएको धारणा राख्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि सक्रियतापूर्वक काम गरिरहेको महानगरको प्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

महानगरको न्यानो आतिथ्यताप्रति आभार प्रकट गर्दै राजदूत लोरेन्जोले यहाँका नागरिकको हित र समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र युरोपेली युनियनबीचको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राख्नुभयो ।

भेटका क्रममा ‘युरोप डे २०२५’ का बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत