३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीलाई ऊर्जा थपेको छ – सभापति देउवा

१६ बैशाख २०८२, मंगलवार १७:५८

काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनुभएको छ । कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताउनुभयो ।

“प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्, भोलिका दिनमा ती सुझाव हेर्नेछौँ । केही सुझाव हेर्दा खर्चिलो पनि छन्”, सभापति देउवाले भन्नुभयो । उहाँले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाउनुभयो । “विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्, पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताउनुभयो । “गरिब र विपन्नलाई दुईचार टुक्रा जग्गा बाँड्ने गफभन्दा पनि उसको भविष्य उज्ज्वल बनाउन सक्ने गरी सीप, शक्ति र सामथ्र्य दिन सक्नुपर्छ, हामीले दिने सामाजिक भत्ता पनि वैज्ञानिक छैन, सम्पन्न र विपन्नलाई एउटै छ, सम्पन्न मानिसलाई चार हजार भत्ता दिएर विपन्नलाई न्याय गर्न सकिँदैन, अहिले कांग्रेस सरकारमा छ, विपन्नलाई समेट्ने गरी नीति बनाउनुपर्छ, शिक्षा र स्वास्थ्यमा विपन्नका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । “नागरिकहरू विपन्न भएसम्म पार्टी बलियो हुँदैन, विपन्नलाई हुने खाने वर्गमा बदल्ने गरी काम गर्नुपर्नेछ, विपन्नलाई माथि उठाउने हो, हाम्रो सैद्धान्तिक आधार यही हो,” महामन्त्री थापाले भन्नुभयो । उहाँले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिकरूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिक भएको बताउनुभयो ।

“हामीले सार्वभौम नागरिकको समानतामा ध्यान दिनुपर्छ, नेपालको अर्थतन्त्रको आधार भनेको ज्ञान र सीप नै हो, मानिसलाई ज्ञान र सीपयुक्त बनाउनु जरुरी छ, विपन्न लक्षित कार्यक्रममा ज्ञान सीपले दक्ष बनाउने हुनुपर्छ, सीप सूचना र प्रविधिले ल्याएको परिवर्तनसँग मेलखाने र सँगसँगै जान सक्ने खालको हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठीक भएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिवेदन पार्टीको सम्पत्ति भयो भन्दै सङ्घीय बजेटमा पर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव पेस गर्न आग्रह गर्नुभयो ।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५/२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनले कोरेका खाकालाई पछ्याउने हो भने २० वर्षमा समृद्ध नेपाल निर्माण हुने धारणा राख्नुभयो ।

विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट सङ्कलन गरेको तथ्य र तथ्याङ्कका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो । प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन्तुलित, समावेशी र पारदर्शी रूपमा बजेट बनाइनुपर्नेमा जोड ‘विकाससँग सांसद जोडिनुपर्छ’ दक्षिण सुडानमा पाँच लाख ६० हजार शरणार्थीको बसोबास : राष्ट्रसंघ धुर्मुस–सुन्तलीले राम्रो उद्देश्यले क्रिकेट रंगशालाको काम गर्दा धेरै दुःख पाए: प्रधानमन्त्री ओली कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड नेपाली कांग्रेसकी सांसद राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध ब्रह्माण्ड सोचेभन्दा छिटो मर्दैछ : नयाँ अनुसन्धान सरकारले कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित अमेरिकी निर्वासनले ‘गम्भीर चिन्ता’ निम्त्याउँछ : संयुक्त राष्ट्रसङ्घीय अधिकार प्रमुख डब्लुएचओद्वारा नाकाकन्दीका कारण गाजामा अनिकाल र जोखिमको चेतावनी पाकिस्तानी जेलबाट एक हप्तामा ३३० अफगान कैदी रिहा कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री काठ आयात प्रतिस्थापनमा जोड कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने पार्टी कार्यालय एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किए: प्रधानमन्त्री ओली राप्रपा शाहीले कांग्रेसका २ महामन्त्रीलाई भने – नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन किन ? दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा