2026-09-08 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ | काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र हेगस्थित एनपिआइले सोमबार ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा दिनेश काफ्लेले जानकारी दिनुभयो । दुई संस्थाबीच सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमतिका साथै एकअर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धतासमेत जनाइएको उहाँले बताउनुभयो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव र कार्यसम्पादन आदानप्रदानको अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“विश्वविद्यालयको दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तरराष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति रहेको छ, एनपिआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा छोटो वा लामो अवधिमा योगदान पुर्‍याउन सक्छ, विश्वविद्यालय र संस्थाबीचको सहकार्यले विचारहरूको आदानप्रदान हुने अपेक्षा छ”, उपकुलपति वाग्लेले भन्नुभयो ।

कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा ‘थिङ्क ट्र्याङ्क’ प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्यले विश्वविद्यालय र संस्थाले अलगअलग रूपमा गर्दै आएका कार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

“यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्‍याउनेछ, जसले अन्ततः देशलाई फाइदा पु¥याउनेछ”, ढकालले भन्नुभयो । उहाँले वर्तमान नेपालका सन्दर्भमा सार्वजनिक क्षेत्र, विश्वविद्यालय र ‘थिङ्क ट्याङ्क’बीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकतासमेत औँल्याउनुभयो ।

काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको डा काफ्लेले बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयका केन्द्रीय तथा आङ्गीक क्याम्पसमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

एनपिआइ सन् २०१७ द नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो । यसले विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दाबढी प्रवासी विज्ञहरू आबद्ध छन् । पछिल्लो सम्झौताअघि एनपीआइ र केयु स्कूल अफ म्यानेजमेन्टले सङ्घीय सरकारका अधिकारीहरूका लागि नेपाल नीति नेतृत्व कार्यक्रम (एनपिएलपी) लगायत विभिन्न पहलमा सहकार्य गरेका छन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयकातर्फबाट स्कूल अफ म्यानेजमेन्टका डीन प्रा डा विजय केसी र स्कूल अफ इञ्जिनियरिङका डीन प्रा डा मनिष पोखरेललगायत विभिन्न सङ्काय तथा निर्देशकालयका प्रमुख अधिकारीहरूको उपस्थिति थियो । एनपिआइका तर्फबाट कार्यकारी बोर्ड सदस्यहरू गोपी मैनाली, सरु जोशी श्रेष्ठ र सम्झना श्रेष्ठ तथा विज्ञहरू डा विकल श्रेष्ठ, डा प्रह्लाद कार्की, अधिवक्ता भुपाल ढकाल र सुधीर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित