२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग

१ जेष्ठ २०८२, बुधबार ११:२२

काठमाडौँ | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बतानुभएको छ ।

प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले कार्यक्रमको उद्देश्य लैङ्गिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ प्रदेशसभामा महिलाहरूको उल्लेख्य सहभागिता छ, अबको समयमा समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त हुने ज्ञानले सबै वर्ग, समुदाय, जातजाति र लिङ्गबीच समान्जस्यता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

कार्यक्रममा बागमती प्रदेसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा भएको यो कार्यक्रम आयोजना हुनु सकारात्मक हो भन्नुभयो । उहाँले उहाँले भन्नुभयो,“ समावेशीकरण संविधानको सुन्दर पक्ष हो । राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु सकरात्मक छ, तर महिलाभित्रको असमान अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पनि चुनौती छ, अब समावेशीकरणसँगसँगै महिलाहरूको आर्थिक सक्षमता अभिवृद्धिका लागि पनि जोड दिनुपर्छ । अब महिलाहरूको प्रतिनिधित्व ५१ प्रतिशत पुर्याउन सक्नुपर्छ, दक्षिण एसियामा मात्र होइन, एसियामा नै महिला सहभागिताको सन्दर्भमा हामी अगाडि छौँ, यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ”,

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले सकरात्मक सोचको विकास हुँदा जिम्मेवारीमा रहेर सहजै कार्यसम्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरण गर्दा आगामी दिनमा तय हुने वार्षिक बजेट र नीति तथा कार्यक्रमलाई लैङ्गिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राख्नुभयो ।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले नेपालको संविधानले अवलम्बन गरेको समावेशीकरणको अवधारणामा रहेर योजना तथा बजेट निर्माणका विषयमा केन्द्रित रहेर सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाका लागि काम गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’