2026-10-07 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

काठमाडौँ | कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताउनुभएको छ । खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उहाँले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ,“धेरै विषादी प्रयोग न्यूनीकरण आवश्यक छ, भावी सन्ततिका बारेमा पनि चिन्ता गर्नुपर्ने हुन्छ, रासायनिक मलका साथै हामीले प्राङ्गरिक मललाई पनि जोड दिनुपर्छ, प्राङ्गारिक मललाई बढवा दिएर रासायनिक मललाई निरुत्साहित गर्दा सफल हुन सकिन्छ । ”
उहाँले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राख्नुभयो । “रासायनिक मल पर्याप्त दिन सकेन भनेर सरकारको आलोचना हुन्छ, अनि फेरि जैविक खेतीका लागि प्राङ्गारिक मलको पनि कुरा हुन्छ, यसमा जोड दिऔँ न, खाद्य स्वच्छताका लागि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सिङ्गै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताउनुभयो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले जागरण यात्रा कार्य महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले केमिकलयुक्त रासायनिक मलभन्दा अर्गानिक मलका लागि जोड दिँदै कृषि प्रणाली र खेतीपातीका विषयमा विद्यालय तहको शिक्षालाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक कृषिको सामूहिक दृष्टिकोण र सङ्क्रमणकालीन योजना आवश्यक रहेको बताउनुभयो । “माटोमा कृत्रिम रसायन घटाउने र प्राङ्गारिक पदार्थ बढाउने नीति चाहिन्छ, उत्पादकदेखि उपभोक्तासम्म सचेतना जगाउनु आवश्यक छ, मिश्रित खेती प्रवद्र्धन गर्नुपर्छ, एकल बाली निरुत्साहित गर्नुपर्छ, एग्रोभेटहरूको नियमित अनुगमन र नियमन आवश्यक छ”, उहाँले भन्नुभयो ।

संयोजक अधिकारीले जैविक कृषि विषयलाई विद्यालय केन्द्रित बनाएर जागरण अभियान चलाउनु प्रभावकारी हुने जनाउँदै प्राविधिकलाई नियमित रुपमा जैविक कृषिबारे प्रशिक्षण दिनुपर्ने, नेपालमा पर्याप्त उत्पादन हुनसक्ने कृषिउपजको आयात बन्द गर्नुपर्ने, युवालाई कृषि क्षेत्रमा फर्काउनु पर्ने र रैथाने बालीको प्रवद्र्धन अपरिहार्य छ भन्ने जागरण यात्राको सन्देश रहेको बताउनुभयो ।

अभियानकर्मी एवं जैविक कृषि जागरण यात्राका सदस्य दीपेश नेपालले नेपालको कोशी, मधेस र बागमती प्रदेशका २४ जिल्लामा पुगेर नागरिक समाज, किसान तथा सरोकारवालासँग भेट गरिएको छलफल, अध्ययनका आधारमा प्रकृतिसँग मिल्दोजुल्दो जैविक खेतीमा मात्रै नेपालको भविष्य छ भन्ने सन्देश पाएको बताउनुभयो । उहाँले यात्राका क्रममा एक हजार ९५८ जनासँग प्रत्यक्ष सम्पर्क गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए