५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एआईको सही सदुपयोग गरी प्रयोग गरौँः मन्त्री पन्त

१० जेष्ठ २०८२, शुक्रबार १८:०७

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुनाथ पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पन्तले एआईलाई आधारभूत मूल्य, मान्यतासहित सही तरिकाले प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कृत्रिम बौद्धिकताको सदुपयोग गर्न सकेमा यो सहयोगी बन्न सक्छ । गलत तरिकाले प्रयोग गरिएमा यसले असहज स्थिति निम्त्याउन सक्छ, तसर्थ हामी सहज हुँदै यसको प्रयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

डिजिटल सञ्चारमाध्यमको विकास र प्रसारसँगै पत्रकारले सम्पादकको अनुमतिका लागि कसैको आदेश पर्खिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आजका सञ्चारमाध्यमले प्रतिभावान् र क्षमतावान् व्यक्तिका लागि नयाँ अवसरहरू सिर्जना गरेकाले कसले आफ्नो क्षमता कति विकास गर्छ भन्ने विषय मेहनत र सक्रियताले निर्धारण गर्दछ ।”

मन्त्री पन्तले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइनमार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताउँदै भन्नुभयो, “सामुदायिक रेडियो सञ्चालनमा केही जटिलता छन्, ती समस्याको समाधानका लागि मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग गरिनेछ ।”

कार्यक्रमको प्रमुख विषयवस्तु ‘डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र अवसर’ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले एआईलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कृत्रिम बौद्धिकतालाई स्वयं प्रयोग गरेर तथ्यहीन सामग्रीको सत्यता पत्ता लगाउन सकिन्छ, यसमा आफू सचेत हुनु जरुरी छ । प्रविधिको विकाससँगै हामीले पनि आफ्नो क्षमताको पनि विकास गर्दै जानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता