2026-10-07 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एआईको सही सदुपयोग गरी प्रयोग गरौँः मन्त्री पन्त

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुनाथ पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पन्तले एआईलाई आधारभूत मूल्य, मान्यतासहित सही तरिकाले प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कृत्रिम बौद्धिकताको सदुपयोग गर्न सकेमा यो सहयोगी बन्न सक्छ । गलत तरिकाले प्रयोग गरिएमा यसले असहज स्थिति निम्त्याउन सक्छ, तसर्थ हामी सहज हुँदै यसको प्रयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

डिजिटल सञ्चारमाध्यमको विकास र प्रसारसँगै पत्रकारले सम्पादकको अनुमतिका लागि कसैको आदेश पर्खिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आजका सञ्चारमाध्यमले प्रतिभावान् र क्षमतावान् व्यक्तिका लागि नयाँ अवसरहरू सिर्जना गरेकाले कसले आफ्नो क्षमता कति विकास गर्छ भन्ने विषय मेहनत र सक्रियताले निर्धारण गर्दछ ।”

मन्त्री पन्तले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइनमार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताउँदै भन्नुभयो, “सामुदायिक रेडियो सञ्चालनमा केही जटिलता छन्, ती समस्याको समाधानका लागि मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग गरिनेछ ।”

कार्यक्रमको प्रमुख विषयवस्तु ‘डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र अवसर’ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले एआईलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कृत्रिम बौद्धिकतालाई स्वयं प्रयोग गरेर तथ्यहीन सामग्रीको सत्यता पत्ता लगाउन सकिन्छ, यसमा आफू सचेत हुनु जरुरी छ । प्रविधिको विकाससँगै हामीले पनि आफ्नो क्षमताको पनि विकास गर्दै जानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल