2026-10-07 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

‘वातावरण संरक्षण गर्नुपर्छ’ भनेर बोल्न जति सजिलो छ, काम काम गर्न असहज

काठमाडौँ । वातावरण संरक्षणमा बालबालिकाको चेनता अभिवृद्धि र संरक्षण शिक्षामा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

विश्व वातावरण दिवस २०२५ का अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष – सदर चिडियाखानाद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘वातावरण संरक्षण गर्नुपर्छ’ भनेर बोल्न जति सजिलो भएपनि काम काम गर्न असहज हुने बताउनुभयो । “हामीले महानगरमा हरियाली प्रवद्र्धनलाई जोड दिएका छौँ, सोही अनुसार हरियाली बढेको पनि छ, ४०÷४२ उद्यान बनिसकेका छन्, लगनखेलका तीनवटा पोखरीमा पानी भर्ने र कमलको फूल फूलाउने काम गर्छौं, वातावरण संरक्षणमा ध्यान दिएरै काम गरेका छौँ ।” उहाँले भन्नुभयो ।

प्राडा विजया पन्तद्वारा लिखित ‘म अर्किड’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले प्लास्टिक उत्पादन भएको एक सय १० देखि १५ वर्षको अवधिमा मानिसको अभिन्न अङ्ग बनेर मानिस र प्रकृतिलाई प्रदूषणको सिकार बनाइरहेको बताउनुभयो । वनस्पति तथा वातावरण डा तीर्थबहादुर श्रेष्ठले प्लास्टिकको समस्या समाधानका लागि व्यवस्थापन गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भविष्यको वातावरण संरक्षणका लागि प्रकृतिको विविधतालाई जोगाएर राख्नुपर्ने बताउनुभयो ।

वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा वसन्त पन्तले वातावरण राम्रो भयो भने मानिसको दिमाग र सोेच पनि राम्रो हुने जनाउँदै यसका लागि हामीले वातावरणमैत्री कार्यका लागि सोचाइ र धारणा बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जलवायु परिवर्तनको दुस्चक्रबाट बच्न सबैले आ–आफ्नो स्थानमा पानीको स्रोतको संरक्षणमा ध्यान दिन सके दीर्घकालीन रुपमा सकरात्मक प्रभाव पार्दछ भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले देशभरका चार सय पचासभन्दा बढी विद्यालयमा संरक्षण शिक्षाका लागि ’फ्रेन्डस् अफ जु’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’