2026-09-08 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बस दुर्घटना हुँदा ३१ जना घाइते भए

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बाप्र ०६–००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा बुधबार राति ९ः३० बजेको समयमा घुम्तीमा दुर्घटना भएको उनले बताए । बसमा चालकसहित ३१ जना सवार थिए । सबैजना घाइते भएका छन् । दुर्घटनामा मकवानपुर भीमफेदी–३ बुल्मिङ बस्ने वर्ष ४६ का श्रीराम बज्यु, भीमफेदी–५ ज्यामिरे बस्ने वर्ष ५५ की रीताकुमारी मगर, चितवन राप्ती–२ गडौली बस्ने वर्ष २९ का पशुचिकित्शक डा. सरोज ओझा र उनकी श्रीमती वर्ष २७ की रेश्मा सुवेदी घाइते भएका छन् । यस्तै भीमफेदी–६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्रीसानी आले, भीमफेदी–५ अकोटे बस्ने वर्ष २५ का अनिल स्याङ्बो पनि घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए ।

यसैगरी दुर्घटनामा घाइते भएका मकवानपुर भीमफेदी–२ निगाले बस्ने वर्ष ४५ का दिलिपराज बुलन, भीमफेदी–५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुली बस्ने वर्ष ४२ का नारायणप्रसाद शर्मा र हेटौँडा–११ थानाभन्ज्याङ बस्ने वर्ष २९ का उज्वल राना मगरलाई उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए । त्यसैगरी दुर्घटनामा भीमफेदी–६ भदौरे बस्ने वर्ष ३२ का सुदीप पराजुली, भीमफेदी–२ चौकीडाँडा बस्ने वर्ष २७ का सुयास पाख्रिन, भीमफेदी–९ झिरघारी बस्ने वर्ष २७ का सुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ का हितचन्द्र मोक्तान, भीमफेदी–२ का वडाध्यक्ष वर्ष ४९ का कासीराम बज्युको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर घाइते भएका हेटौंडा–१८ बस्ने वर्ष २५ का रुबिन घर्ती, भीमफेदी–३ बस्ने वर्ष ५३ का बुद्विसिंह दोङ, भीमफेदी–८ बस्ने वर्ष ३९ की सीता थिङ, सोही स्थान बस्ने वर्ष ३५ की सूर्यमाया घलान, भीमफदी–१ बस्ने वर्ष ५० का करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडी बस्ने वर्ष २९ का विमल ढुङ्गाना, भीमफेदी–४ चिउरी बगैँचा बस्ने वर्ष ४० को कृष्णहरि गाहा मगर, भीमफेदी–७ मान्डु बस्ने अन्दाजी ३८ वर्षका सुजन प्रजा, भीमफेदी–८ गँगटे बस्ने वर्ष ४३ का मानबहादुर लामा, भीमफेदी–१ सानुटार बस्ने वर्ष ४२ का राजेन्द्रकुमार स्याङतान, भीमफेदी गाँउपालिकाको कृषि प्राविधिक वर्ष २९ का सानु कान्छा घिसिङ, भीमफेदी गाँउपालिकाका पशु प्राविधिक वर्ष ३१ काम पुष्पलाल बज्यु, भीमफेदी–३ बस्ने वर्ष ४८ का अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई–५ बस्ने वर्ष ३२ का सतिह दाहाल उपचारपछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

बसका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित