३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

३५ किलो गाँजासहित मकवानपुरबाट पाँच जना पक्राउ

२७ चैत्र २०७८, आईतवार ०८:२८

चैत्र २७, हेटौंडा | मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । चितवनबाट हेटौंडा आउँदै गरेको बा८ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवारले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने चितवनको राप्ती नगरपालिका–१ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्यबहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन