पढ्न करिब 1 मिनेट लाग्छ
<p><b> वैशाख ३, हेटौंडा</b> | मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो । </p><p>आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएको भन्दै अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । </p><p>अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक आफै प्रहरीको सम्पर्कमा आएका थिए । बाँकी लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार साझ इलाका प्रहरी कार्यालय फापरवारिमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । </p><p>इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबारनै तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।</p>

