2026-10-10 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेशमा बजेटको तयारी

काठमाडौँ | गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणका लागि तयारी थालेको छ ।

बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिनुभयो । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उहाँको भनाइ छ ।

“निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ”, महाशाखा प्रमुख रिज्यालले भन्नुभयो, “आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।” बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइएको उहाँले बताउनुभयो ।

छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उहाँको भनाइ छ । “बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उहाँको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । चालु आवमा प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिनुभयो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध