2026-10-07 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल र प्रयत्न गरिरहेको बताउनुभयो । खेल क्षेत्रको विकास गर्न सानाठूला सबै प्रकारका खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

“सीमित स्रोतसाधनका कारण प्रदेश सरकारले धेरै गर्नसक्ने अवस्था छैन, तरपनि प्रदेश सरकारले खेलप्रतिको आफ्नो दायित्वलाई सम्झेर केही न केही गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्दै आएको सो अवसरमा मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय खेल क्षेत्रबाट नै आफूलाई अगाडि बढाउन चाहे पहिला जस्तो खेलाडी भोकै बस्नुपर्ने अवस्था अहिले नरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले खेलाडीलाई खेल अवधिभरका लागि प्रदेश सरकारले बीमासहित प्रोत्साहन भत्ता र रेफ्रीका लागि स्थायी बीमाको व्यवस्था गरेको जानकारी दिनुभयो । प्रदेशले पोखरा आसपासमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने तयारी गरे पनि जग्गा उपलब्ध हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

“खेलकुद मैदान निर्माण गर्न प्रदेश सरकारको तर्फबाट लगानी गरिएको छ, हाम्रो लगानीमा निर्माण भइरहेको मुस्ताङको हाइ अल्टिच्युट खेल मैदानलाई अहिले सङ्घीय सरकारले पनि अपनत्व लिने प्रयत्न गरेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, प्रदेशसभा सदस्य सुशीला सिंखडा, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतको सहभागिता रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो