२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल

२०८२, २९ जेष्ठ बुधबार १३:२४

काठमाडौँ | गण्डकी प्रदेश सरकारले यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित छ अस्पताललाई आफ्नो मातहत ल्याई सञ्चालन गर्न पहल सुरु गरेको छ ।

स्याङ्जाको वालिङ नगर अस्पताल, भीरकोट अस्पताल, तनहुँको कालीमाटी अस्पताल, लमजुङको सुन्दर बजार अस्पताल, बागलुङको बागलुङ नगर अस्पताल र बडिगाड आधारभूत अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।

“प्रदेश सरकारले जिम्मा लिएर अस्पताल सञ्चालन गर्नुप¥यो भनेर स्थानीय तहबाट पटकपटक अनुरोध आएको छ, ती अस्पताल बारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ”, उहाँले भन्नुभयो, “विस्तृत अध्ययनपछि प्रदेश सरकार मातहत कुनकुन अस्पताल ल्याउने या नल्याउने विषयमा आवश्यक निर्णय हुन्छ ।” स्थानीय तहसँग पूर्वाधार र मानव संशाधनको अभावले ती अस्पताल प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन् । केही अस्पतालको भवन बने पनि सेवा सुरु हुन सकेको छैन ।

स्वास्थ्यमन्त्री पाठकले मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिनुभयो । उक्त कार्यदललाई ती अस्पतालहरुको विद्यमान सेवा प्रवाहको स्थिति, भौतिक संरचना, मानव संशाधन, उपकरण, सेवाग्राहीको सङ्ख्या, आर्थिक अवस्थालगायत विषयमा अध्ययन तथा विश्लेषण गरी प्रतिवदेन पेस गर्ने जिम्मेवारी तोकिएको छ । छवटै अस्पताल स्तरोन्नति गर्दा लाग्ने लागत मूल्याङ्कन पनि सोही कार्यदलले तयार गर्ने स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।

सरकारले करोडौँ खर्च गरेर बनाएका आधारभूत अस्पताल भवनलाई अलपत्र पर्न दिन नहुने बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । स्थानीय तहको आम्दानीको स्रोत कम हुने भएकाले अस्पताल सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उहाँको भनाइ छ ।

“आधारभूत अस्पतालको स्तरोन्नतिसँगै दिगो व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकारबीच आपसी सहयोग र सहकार्यको खाँचो छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “हामीले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग पनि मागपत्र बुझाएका छौँ, अस्पताल चलाउन जनशक्ति र उपकरणमा खाँचो छ, स्थानीय तहले मात्र यसलाई धान्न सक्ने अवस्था छैन ।”

बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरको पौँदीटारीमा गत वर्ष रु १८ करोडको लागतमा आधारभूत अस्पताल भवन बने पनि सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्यमन्त्री पाठकले स्रोतसाधनले भ्याएसम्म आधारभूत अस्पतालहरुलाई जनशक्ति, उपकरण र व्यवस्थापकीय सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । तीनै तहका सरकार मिलेर आधारभूत अस्पताललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

सङ्घ सरकारले विसं २०७७ मा भूगोल र जनसङ्ख्याका आधारमा प्रत्येक स्थानीय तहमा पाँच, १० र १५ श्ययाका आधारभूत अस्पताल बनाउने मन्त्रिस्तरीय निर्णय गरेको थियो । दुई वर्षमा अस्पताल भवन निर्माण पूरा गरी सेवा सुरु गर्ने उद्देश्य रहे पनि अधिकांश अस्पताल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार