2026-08-05 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बेमाैसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

2025-06-26
काठमाडौं ।  विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन)का रूपमा लिने गरिएको छ । यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन कम हुने गर्दछ ।
यो यामलाई लक्षित गरी पोखरा आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव यतिखेर पर्यटकलाई आकर्षित गर्ने महत्त्वपूर्ण गतिविधि बनेको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ प्रत्येक वर्षको असार १५ गते पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्षसम्म आइपुग्दा २०औँ संस्करणमा पुगिसकेको हो ।
परिषद्ले विसं २०६१ देखि बर्सेनि असारे रोपाइँ महोत्सव गर्दै आएको हो । प्रत्येक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर पोखराका पर्यटनसम्बद्ध संस्थाको छाता सङ्गठन परिषद्ले गर्दै आएको यो महोत्सव पोखराको महत्त्वपूर्ण पहिचान बनिसकेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
“पोखराको पर्यटनमा अफ सिजनका रूपमा रहेको यो समयमा गर्ने गरिएको असारे रोपाइँ महोत्सवले केही दिनका लागि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याएको छ”, उहाँले भन्नुुभयो ।
पछिल्ला वर्षमा यही महोत्सवलाई लक्षित गरी आएका पर्यटकको बसाइँ बढ्नुका साथै यहाँ आउनेक्रम पनि बढ्दै जान थालेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
परिषद्ले हरेक वर्ष पोखरा क्षेत्रका विभिन्न ठाउँमा रोपाइँ महोत्सव गर्दै आएकामा यस वर्ष हुने २०औँ संस्करण पोखरा महानगरपालिका–२६ स्थित लेखनाथको गुँदेताल (तालबेँसी) क्षेत्रमा गरिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार परिषद्को आयोजनामा हुने यस महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूहले गरेको छ ।
महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायत उद्देश्य राखिएको उहाँले बताउनुभयो ।
महासचिव सापकोटाका अनुसार महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मानलगायत विभिन्न कार्यक्रम राखिएको छ । महोत्सवमा विभिन्न देशका करिब २५० जना विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।
“पर्यटनको बेमौसमका रूपमा रहेको यस समयमा गर्दै आइएको महोत्सवले केही न केही पर्यटकको आगमन बढाएको छ”, उहाँले भन्नुभयो, “यही रोपाइँ महोत्सवलाई लक्षित गरेर यहाँ बसिरहेका पर्यटकले आफ्नो बसाइँलाई केही दिन लम्ब्याउने गरेका पर्यटन व्यवसायीबाट जानकारी प्राप्त भएको छ ।” असारे रोपाइँ महोत्सव पर्यटनको बेयामका समयमा पनि उपयोगी बन्दै गएको उहाँले बताउनुभयो ।
यस संस्करणको महोत्सवको प्रवर्द्धकका रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड रहेका छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् ।
महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग