2026-10-05 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण

काठमाडौँ | गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आदिकवि भानुभक्तको २१२औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गर्नुभएको हो ।

“घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्याएर नेपाली भाषाको श्रीवृद्धिमात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले भाषिक एकीकरणको सुरुआत गर्नुभएको थियो । रामायण, बुधशिक्षा, भक्तमाला, रामगीतालगायत उहाँका कैयौँ रचनाहरूले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भूमिका खेलेका छन् ।

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्तको सम्मानमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो