२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

२०८२, १७ असार मंगलवार ११:३३

काठमाडौँ | तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आउनुभएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग हुनुहुन्छ ।

खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई । रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आउनुभएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो ।

बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ । “चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ”, उहाँले भन्नुभयो, “अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियाँै, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ ।” खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ ।

सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ । गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिनुभयो ।

सानो बस्ती भएकाले खानेपानीमा निकै पछि परे पनि अहिले बल्ल लिफ्टमार्फत घरघरमा खानेपानी आएको छ । रु ३० लाख खर्चेर १०० मिटरभन्दा माथि बस्तीमा खानेपानी पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सागर अधिकारीले बताउनुभयो । अधिकारीले अत्यन्तै खानेपानीको समस्या भोगेको गाउँ भएकाले १६ घरमा खानेपानीको धारा पुर्याउन रु ३० लाख खर्चिएको बताउनुभयो । खानेपानी संस्था दर्तापश्चात विद्युत् महसुल भने गण्डकी प्रदेश सरकारले सहुलियतमा प्रदान गर्नेछ ।

बाइस वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएको यदुनाथ सापकोटाले गाउँमा खानेपानीको समस्या देखेर आफूले सहर छाडेर खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनेर काम गरेको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष सापकोटाले भन्नुभयो, “खानेपानीका कारण २२ वर्षपछि म गाउँ फर्केँ, अन्य छिमेकीसमेत फर्कने आस छ, नगरपालिकाभित्रको विकसित वडामा खानेपानीले पछि परेको रुम्टा गाउँमा घरघरमै धारा आएको छ, अब त खानेपानी बोक्ने समस्या सदाका लागि अन्त्य भएको छ ।”

स्थानीय डिलबहादुर सापकोटाले अहिलेको जमनामा पनि खानेपानी बोकेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । गहिरी जोत्ने लिफ्ट खानेपानी योजनाअन्र्तगत १६ घरमा खानेपानी पुर्याइएको छभने अमलाचौर स्वास्थ्यचौकी नजिकैको धोलेचौर गाउँमा खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा पनि खानेपानी पुर्याउने काम अन्तिम चरणमा पुगेको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त योजना अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर अधिकारीले जानकारी दिनुभयो । उक्त लिफ्ट खानेपानी योजनाका लागि दुई कार्यालयको झण्डै रु ३२ लाख खर्च हुनेछ ।

उक्त खोल्सीधारा धोलेचौर लिफ्ट आयोजनाअन्तर्गत ३० घरमा खानेपानी पुर्याउन मुहानबाट एक सय मिटरभन्दा माथि पानी तान्ने काम असारसम्म पुग्ने र आगमी आर्थिक वर्षको सुरुमै घरघरमा धारा पुर्याउने लक्ष्य खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो