2026-11-02 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

ढोरपाटन (बागलुङ) । बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ । भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ । फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा । फार्म छेउमै रहेको बारीमा भेटिनुहुन्छ चन्द्रलाल पाण्डे । बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी नै हो । आकस्मिक कामबाहेक उहाँ फार्म छाडेर कतै जानुहुन्न । जानका लागि उहाँलाई फुर्सद पनि हुँदैन ।

करिब २० वर्ष अगाडि कतार पुग्नुभएका चन्द्रलालले पाँच वर्ष उहीँ बिताउनुभयो । परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गालीबोली जसले गर्दा उहाँलाई विदेश बस्नै मन भएन । पाँच वर्ष बिताएपछि उहाँ स्वदेश फर्किनुभयो । गाउँ फर्किएपछि उहाँले विक्रम संवत् २०६७ देखि व्यावसायिक रुपमा तरकारीखेती गर्न थाल्नुभयो । बिस्तारै भैँसी पालेर दूध बिक्री गर्न थाल्नुभयो । अहिले चन्द्रलालले तरकारी र दूध बिक्री गरेरै राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले २४ रोपनी क्षेत्रमा तरकारीखेती गर्नुभएको छभने पाँचवटा भैँसी पालेर दैनिक ३० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । बुर्तिबाङ बजार नजिकै रहेको हुँदा उहाँले उत्पादन गरेको तरकारी र दूध बिक्रीका लागि समस्या छैन । जति पनि बजारमै खपत हुने हुँदा उत्पादन बढाउनतर्फ उहाँ लाग्नुभएको छ । पन्ध्र वर्षसम्म निरन्तर तरकारीखेती र दूध उत्पादन गर्दै आउनुभएका चन्द्रलाल विदेशमा भन्दा बढी खुसी र सुखी हुनुहुन्छ । विदेशको पीडाले आफूलाई गाउँमै उद्यमी बन्न सिकाएको उहाँ बताउनुहुन्छ ।

“म विदेश जानभन्दा पहिला पनि सामान्य रुपमा तरकारीखेती गरेको थिए, तर अहिले जस्तो व्यावसायिक बन्न सकेको थिएन, धेरै कमाइएला भनेर कतार पुँगे, त्यहाँ त निकै कडा काम गर्नु पर्दोरैछ, साहुको नमिठो गालीबोली सहन नसकेर गाउँ फर्किएर यही केही गरौँ भनेर लागेँ”, उहाँले भन्नुभयो, “म अहिले ४० वर्ष भए, मेरा उमेरका धेरै युवा विदेश छन्, गाउँ फर्किएर व्यावसायिक रुपमा तरकारीखेती गर्ने हो भने साउदी कतारमा भन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

उहाँले तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाउनु भएको छ । बुबा, आमा, श्रीमती र चार छोराछारी यही पेसाबाटै धानेको उहाँको भनाइ छ । पहिले घरपरिवार चलाउनका लागि समस्या हुने गरेको स्मरण गर्दै तरकारीखेतीले सहज रुपमा जीवनयापन गर्नसक्ने बनाएको पाण्डेले बताउनुभयो । खासगरी हिउँदको बेमौसरी तरकारी उत्पादन गर्दै आएको उहाँले सुनाउनुभयो । सुरुमा आफूले रु १५ हजारबाट व्यवसाय सुरु गरेको भन्दै अहिलेसम्म करिब रु ३५ लाख लगानी भएको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बागलुङले टनेल, भकारो गर्न र अन्य व्यस्थापनका लागि रु १५ लाख सहयोग गरेको जनाउँदै उहाँले नगरपालिकाबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गर्नुभयो । आफूले पूर्णकालीन रुपमा एकजना कामदार राखेर रु १८ हजार तलब दिने गरेको सुनाउँदै समयसमयमा गाउँका अन्य युवालाई पनि रोजगार दिने गरेको उहाँको भनाइ छ । चन्द्रलालले तरकारी र दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्ने सुनाउनुभयो । तरकारीखेतीबाट केही सम्पत्ति जोडेको उहाँ बताउनहुन्छ ।

उहाँले भन्नुभयो, “तरकारीखेतीले मेरो आर्थिक अवस्था पनि उकास्यो, पहिले छ मुरी धान फल्ने खेत मात्रै थियो, अहिले मैले थप ३४ मुरी धान खेत किने, तराईमा एउटा घडेरी जोडेको छु, धैर्य भएर मेहनत गरेपछि सफलता हासिल गर्न सकिने रैछ भन्ने बुझ्दैछु, यो पेसाबाट मेरो सिङ्गो परिवार नै सन्तुष्ट छ, सक्दासम्म यही पेसा गर्ने हो, बाँकी पछि छोराछोरीले केही इलम गर्नेछन्, आत्मसन्तुष्टि सबैभन्दा ठूलो कुरा रैछ, धन सम्पत्ति त मेहनत गरे जोडी हालिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द