2026-11-01 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते

काठमाडौँ | बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीया सुस्मिता बिक, १८ वर्षीया प्रमिला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएकी इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए । घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द