2026-11-01 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो ।

पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटनको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले मन्दिरको अवलोकन गरेकामा चालु आवको सोही अवधिमा एक लाख एक हजार १४४ जनाले टिकट काटेर गुफाको अवलोकन गरेका छन् ।

पोखरा बाहिरबाट कोटिहोममा आउने भक्तजन अधिकांश गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पातले छाँगो (डेभिजफल्स)को मनोरम दृष्यावलोकनमा आउने गरेकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

विगतको तुलनामा यस अवधिमा सात हजार ४२८ बढीले गुफाको अवलोकन गरेका जनाउँदै उहाँले भन्नुभयो, “गुफामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनु कोटिहोमको प्रभाव हो । यस अवधिमा भारतीय पर्यटकको पनि आकर्षण बढेको छ ।”

जमिनको सतहबाट करिब १०० मिटर चट्टानबाट रसाएका पानीका थोपाले स्नान गर्दै केही तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा अवस्थित महादेवको दर्शन गर्न पाइन्छ । शिव भगवान्लाई दाँहिने पार्दै १०० मिटरको दूरीभित्र पुगेपछि खुला ठाउँ छ ।

अध्यक्ष बाँस्तोलाले भन्नुभयो, “पत्रे चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थ राजमार्गको प्राकृतिक पुलमुनिबाट सिँधा उभिएर देखिने पातले छाँगोसँगै तलाउमा देखिने झरनाको प्रतिविम्बले पर्यटकलाई मनमोहक बनाउने गरेको छ भने कोटिहोमले गुफाको प्रचारप्रसार गरी पर्यटन प्रवरद्धनमा सहयोग पु¥याएको छ ।”

गुफाभित्र अवस्थित महादेवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटकपटक यहाँ आउने गरका उहाँले बताउनुभयो । उहाँका अनुसार गुफा २०५० सालमा पत्ता लागेपछि प्रचारप्रसारमा भएको हो ।

कोटिहोमका माध्यमबाट गुप्तेश्वर गुफासँगै रहेको पातले छाँगो, तालबाराही, विन्ध्यवासिनी भन्दिर, पुम्दीकोट शिव मूर्तिलगायत धार्मिक तथा फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत विभिन्न पर्यटकीयस्थलसहित पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पर्यटन व्यवसायीको भनाइ छ ।

विश्व शान्तिको कामनासहित पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रूपमा परिचित गराउँदै गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई विश्वभर परिचित गराउने लक्ष्य रहेका मानवसेवा फाउण्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोटिहोमका माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरमा पु¥याउँदै पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ वैदिक ज्ञान, धर्म परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षमन्दिरको २९ रोपनी १२ आनासहित आसपासका झण्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ । त्यसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ, तिल, चामल, घ्यू र अन्य द्रव्य मिश्रित चरु तयार गरी गत वैशाख १७ गतेदेखि सुरु गरिएको कोटिहोमको हवन आज सम्पन्न भएको महायज्ञ सङ्कल्पकर्ता महाराजले जानकारी दिनुभयो ।

डेढ महिनासम्म सञ्चालन भएको कोटिहोममा लाखौँ भक्तजनले सहभागिता जनाउनुका साथै १० करोडभन्दा बढी रकम सङ्कलन भएको कोटिहोम सहइञ्चार्ज युवक लामिछानेले जानकारी दिनुभयो ।

भागवत् मञ्जली राधिका दासी र कृष्णमूर्ति सम्मानित

पोखरा–१७ शीतापाइलास्थित भागवत् मञ्जली राधिका दासीलाई सदाशिव सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले कोटिहोम वाचिका भागवत् मञ्जली राधिका दासी र मानव सेवा फाउण्डेशसनका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता महाराजलाई सम्मान गरेको छ ।

विरौटास्थित कोटिहोमका लागि गुठी जग्गा उपलब्ध गराएको मन्दिर व्यवस्थापन समितिले कोटिहोमका माध्यमबाट पौराणिक मन्दिरको उजागर गर्न महत्त्वपूर्ण सहयोग पुगेको भन्दै एक कार्यक्रमका बीच सम्मानपत्रले सम्मान गरेको हो । मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा तीन जना पण्डितद्वारा सङ्गीतको लयमा महाआरतीसमेत प्रस्तुत गरिएको थियो । उक्त मन्दिर परिसरमा निर्माण गरिएको मुख्य कुण्डमा विधिपूर्वक हमन सञ्चालन भएको थियो । विसं १८६४ मा मन्दिरको पूजा सञ्चालनका लागि व्यवस्था गरिएको राजगुठीसहितको लालमोहर अहिले पनि सुरक्षित रहेको अध्यक्ष शर्माले राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द