२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

२०८२, ४ आश्विन शनिबार १२:००

काठमाडौँ | पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन बिहान ९ः०० देखि मध्याह्न १२ः०० बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । त्यस्तै सतचण्डी महानुष्ठान बिहान ६ः०० देखि ९ः०० बजेसम्म हुनेछ भने भजनकीर्तन अपराह्न २ः०० देखि ४ः०० बजेसम्म गरिने समितिले जनाएको छ ।

विजया दशमीको अवधिभर मन्दिरमा नित्य पूजा बिहान ४ः०० देखि प्रारम्भ भई भक्तजनहरूको दर्शनका लागि मन्दिर ५ः०० बजेदेखि खुला गरिनेछ । साथै प्रत्येक साँझ ६ः०० बजे आरती गरिनेछ । महायज्ञका वाचकका रूपमा श्रीकृष्णनुरागी पण्डित पशुपति पौडेल रहनुहुने जनाइएको छ ।

विजयादशमीको पावन अवसरमा २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गर्दै आइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो । महोत्सवका अवसरमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गरिँदै आइए पनि यस वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्वतयारीमा बाधा पुग्न गएकाले शोभायात्रा भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो ।

अढाई शताब्दीअघि देखि नै पूजाआजा हुँदै आइएको मानिने यस मन्दिरको स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा भएको भनाइ छ । मन्दिरको संरक्षण विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०४३ सालमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको गठन गरिएको थियो ।

समितिको गठनपश्चात् यस धार्मिक क्षेत्रमा भौतिक पूर्वाधारहरूको निर्माण, सौन्दर्यकरण, सामाजिक, धार्मिक तथा आध्यात्मिक जागरणसम्बन्धी कार्यहरू हुँदै आएका छन् । समितिले विन्ध्यवासिनी दर्शन गर्न पोखरा आउने श्रद्धालु भक्तजनहरूबाट प्राप्त भेटी तथा दान दातव्यलाई जनहितको कार्यमा प्रयोग गर्दै आएको छ ।

दाताहरूको सहयोगमा समितिबाट विन्ध्यवासिनी मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, विन्ध्यवासिनी गुरुकुल भवन, सन्त निवास, विन्ध्यवासिनी बहुद्देश्यीय सभा–भवन, प्रदक्षिणा पथ, विन्ध्यवासिनी मन्दिर परिसरमा ढुङ्गा छपाइ, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिरमा पित्तलद्वारा कलात्मक सजावट र पित्तलको द्वार निर्माण आदि गरिएका छन् ।

त्यस्तै भक्तजनहरूको सुविधा र सौन्दर्यकरणका लागि प्रदक्षिणा पथ, शौचालयहरू, कीर्ति स्तम्भ, पानीका लागि बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको टङ्की, जलधारा, शुद्ध पिउने पानी, विशाल त्रिशूल र शक्ति ध्वजा र विशाल कमण्डलुका साथै विन्ध्यवासिनी वाटिका निर्माण गरी त्यसमा पानीको फोहोरा र शिवानन्द कुण्डको निर्माणलगायतको धेर काम गरिसकिएको छ ।

मन्दिरमा २०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय रूपमा अध्यापन हुँदै आएको छ । गुरुकुललाई कक्षा १२ सम्म विस्तार गर्ने योजनाअनुरूप विन्ध्यवासिनी गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका–१८ स्थित २६ रोपनी क्षेत्रफल जग्गामा भवन निर्माण गर्ने कार्य झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो ।

मन्दिरमा आउने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला समेतको सुविधालाई ध्यानमा राखेर मन्दिरमा सहज पहुँचको व्यवस्थाका लागि लिफ्टको स्थापना गरिएको छ ।

समितिले सेवा कार्यलाई प्राथमिकता दिँदै ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा उपलब्ध गराउने उद्देश्यले २०७२ सालबाट विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्नाका साथै एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ ।

त्यस्तै प्राकृतिक चिकित्सा पद्धतिका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याइएको छ । यसको भौतिक पूर्वाधार निर्माण कार्य जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुुभयो ।

विभिन्न पर्व उत्सवका पूजन धार्मिक आध्यात्मिक जागरण तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न पर्वहरूका उपलक्ष्यमा विशेष पूजनोत्सव आयोजना गर्ने गरिएको उहाँले बताउनुुभयो ।

उहाँका अनुसार साउनमा शिव पूजनोत्सव, गणेश चौथीमा गणेश पूजनोत्सव, श्रीपञ्चमीमा सरस्वती पूजनोत्सव, श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्ण जनमोत्सव, राम नवमी, हनुमान जयन्ती, शिवरात्रिमा विशेष कार्यक्रमहरू हँुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई