Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>&nbsp;वैशाख ११, लमजुङ</b> | बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।</p><p>प्रहरीले ४४ लाख ९१ हजार ९ सय जरिवाना र कैद सात दिन सजाए भई फरार रहेकी लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दियालाई काठमाडौं प्रहरीको समन्वयमा शनिबार पक्राउ गरिएको हो ।</p><p>विमला हाल काठमाडौंमा लुकेर बसिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।</p><p>जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर उच्च अदालत पाटनले २०७८ पुस २६ गते र २०७७ फागुन १७ गतेको फैसला अनुसार आइतबार लमजुङ जिल्ला अदालतमा पेस गरिएको छ ।</p>