2026-08-06 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

काठमाडौँ | बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् । बेनी नगरपालिकाले सञ्चालन गरेको एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा व्यावहारिक ज्ञान, सीपको क्षमता विकास गरेर किसानहरूले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा स्थानीय वानस्पतिक विषादी बनाएर प्रयोगमा ल्याएका हुन् ।

पाठशाला सञ्चालनका लागि करिब एक रोपनी क्षेत्रफलमा गरिएको कोसेबालीमा देखिएका रोग कीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायत तीतो, पिरो, टर्रो र अमिलो हुने प्रजातिका वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताउनुभयो ।

“पहिले खेतीबालीमा केही समस्या भए बजारबाट विषादी किनेर ल्याउने गथ्र्यौँ, अहिले सिमीमा लागेको रोग कीरामा वानस्पतिक झोलको प्रयोग गर्यौँ, समस्या पनि हल भयो, नगद खर्च पनि भएन”, उहाँले भन्नुभयो । वानस्पतिक विषादीको प्रयोगले कृषि उपजसमेत स्वस्थकर हुने गर्छ । डम्मरा माझखेत कृषक समूहका २२ जना महिला किसान सहभागी पाठशालामा खेतीबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मको व्यावहारिक ज्ञान, सीप र क्षमता विकासका गतिविधि भइरहेका छन् ।

गत माघ २० गतेदेखि सञ्चालन भएको कृषक पाठशालामा सहजकर्ता सोबित शर्माले किसानहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नुभएको छ । पाठशाला सञ्चालन भएपछि गाउँघरमा रहेका स्रोत र साधनलाई प्रयोग गरेर कृषिको उत्पादन बढाउने र रोग कीराको पहिचान गरेर उपचार गर्ने ज्ञान सीप हासिल भएको तालिममा सहभागी स्थानीय किसान पशुपति भण्डारी खत्रीले बताउनुभयो ।

हरेक साताको बिहीबार चार–चार घण्टाका दरले डम्मरा माझखेत आइपिएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ । वडाध्यक्ष कृष्णसिंह बानियाँले समूहका लागि पाठशाला सञ्चालन गर्न निःशुल्क रूपमा उपलब्ध गराउनुभएको करिब एक रोपनी बारीमा कोसेबालीअन्तर्गत सिमी र बोडीखेती गरिएको छ । तालिममा सिमी र बोडीखेतीसँगै आलुलगायत तरकारीखेती र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्मका सिकाइ भएको स्थानीय कमला परियारले जानकारी दिनुभयो ।

कृषक पाठशालामा किसानहरूलाई व्यावहारिक सिकाइका लागि लगाइएको भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ । सिमी र बोडी उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर नगद आम्दानी गर्न थालेका छन् । आइपिएम कृषक पाठशालाले एउटा बाली विशेषमा किसानलाई पूर्ण रूपमा तालिमप्राप्त बनाउने गर्छ ।

पाठशालामा कोसेबाली लगाउनेदेखि बिरूवाको हेरचाह, स्थानीय स्रोत र साधनको प्रयोग गरेर थाँक्रा बनाउने र फल उत्पादनका लागि बोटको काँटछाटका विषयमा व्यावहारिक तालिम प्रदान गरिएको छ । पाठशालामा सहभागी किसानले आफैँ लगाएका सिमी र बोडीको आफैँले स्याहार र गोडमेलका साथै स्थानीय वानस्पतिक विषादीको प्रयोग गरेर रोग कीराको उपचार गर्ने तरिकासमेत सिकेको पाठशालाका सहजकर्ता सोबित शर्माले बताउनुभयो । किसानको हातबाट खेतबारीमा बीउ लगाएर फल उत्पादन गरी बजारीकरणसम्मको सबै पक्षलाई पाठशालामा नियमित प्रशिक्षण र व्यावहारिक तालिममा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सिमी, आलु, गोलभेँडा, काउली, अकबरे खुर्सानीलगायत तरकारीखेतीमा विभिन्न सात ठाउँमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । विषादीरहित कृषि उपज उत्पादन, रोग कीराको नियन्त्रण र उपचारमा स्थानीयस्तरमा हुने जैविक र प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थवर्द्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला किसानका लागि उपयुक्त थलो बनेको छ । खेतबारीमै पुगेर किसानलाई व्यावहारिक ज्ञान, सीपबारे पढाउनका लागि आइपिएम कृषक पाठशाला प्रभावकारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव