2026-10-24 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्याग्दीमा दुई हजार दुई सय ३७ जना मतदाता थपिए

काठमाडौँ | म्याग्दीमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

उक्त अवधिमा दुई हजार २३७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिनुभयो । “आठ सय १९ जनाले कार्यालयमा आएर नाम दर्ता गराएका हुन”, उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रमार्फत एक हजार ४१८ जना थपिएका छन् ।” उहाँका अनुसार ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्चाएका छन् भने १९० जनाको ठाउँसारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी गौतमले गत असोज ८ गते निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८४ हजार ५२० जना मतदाता थिए ।

नयाँ दर्ता गरेका नामावलीको रुजु गरी दोहोरो परेकाहरूको नाम हटाएपछि कूल मतदाता सङ्ख्या यकिन हुने निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउनेमा युवायुवती र वैदेशिक रोजगारीबाट फर्किएकाहरू बढी रहेका उहाँले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका–४ का साजन पुनले मतदान गर्न मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले नामावली दर्ता गरेको बताउनुभयो । पहिलो पटक मतदान गर्न लाग्नुभएका २१ वर्षीय पुनले देशमा विद्यमान समस्या समाधान र युवाहरूको भावनाको सम्बोधन गर्ने उम्मेद्वार छनोट गर्ने धारणा राख्नुभयो ।

निर्वाचनका लागि जिल्लामा ८२ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने