काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी र चितवन जिल्लाका व्यक्ति रहेका छन्।
इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको टोलीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको मोटरसाइकल (ना.२८ प १५१९) जाँच गर्ने क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल र चितवनको माडी नगरपालिका–७ गौरीनगर निवासी ३२ वर्षीय विजय तिवारी रहेका छन्।
तिनीहरूको साथबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, एक राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरिएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।