१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित

१५ बैशाख २०८२, सोमबार १७:३४

काठमाडौँ | जुम्लाको तीला गाउँपालिकामा सञ्चालित चारदिने विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा २६१ जनाको स्वास्थ्य जाँच गरिएको छ । त्यस्तै वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा ५०४ जनाले सेवा लिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ उत्तम देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सक्रिय सहभागितामा सञ्चालित तिला गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट विशेषगरी स्त्रीरोग, हाड तथा नसा रोग र सामान्य चिकित्सासम्बन्धी सेवा उपलब्ध गराइएको छ । तिला–७ का जयबहादुर बुढाले पालिकाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीयले अपेक्षा गरेभन्दा बढी राहत पाएको बताउँदै यस किसिमका शिविर नियमित रुपमा आयोजना गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले स्थानीय जनताको माग र सुझावबमोजिम निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने पक्षमा पालिका रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का