नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा स"/>
२९ पुष २०८२, मंगलवार
जुम्ला - JML

१५ सय जनामा ३ जना महिलाको पाठेघरको मुखमा क्यान्सर

१२ भाद्र २०७३, आईतवार १३:०८

नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा समयमै उपचार गरी संभावित रोगबाट मुक्त हुने उदेश्यले जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा श्रावण २० गते देखि सञ्चालन भएको निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाचँका अवसरमा आजसम्म १५ सय जना महिलाले निशुल्क चेकजाचँ गराएका छन् ।

जसमा आजसम्म चेकजाचँ गराएका १५ सय महिला मध्ये ३ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको उपचारमा संलग्न डाक्टर निरेश थापाले जानकारी दिनु भयो । पाठेघरको क्यान्सर भएका ३ जना महिला मध्ये दुई जना महिलालाई उपचार गर्न सकिने र एक जनालाई उपचार गर्न नसकिने डाक्टर थापाले बताउनु भयो । चेकजाचँ गरिएका १५ सय महिला मध्ये २ सय जना महिलाको पाठेघरको संक्रमण मासुलाई चेकजाचँका लागी काडमाण्डौ प्याथोलोजिष्ट अस्पतालमा पठाइएको छ ।       

हाल दिन प्रतिदिन चेकजाँच गराउने महिलाको संख्यामा बृद्धि भैरहेको छ । प्रति दिन ६० देखि १ सय जनासम्म महिलाहरु चेकजाँचका लागि आउने गरेको जनाइएको छ । स्क्रिनिङ क्लिनिक सञ्चालन गरी भाद्र १२ गते सम्म पाठेघरको मुखको चेकजाचँ हुने भनियता पनि चेकजाचँका लागी आउने महिलाको सङ्ख्या बढ्न थालेकाले ३ दिन पुन थप गरीएको छ । जसअन्र्तगत भाद्र १५ गते सम्म क्लिनिक सञ्चालन गरि निशुल्क पाठेघरको मुखको क्यान्सरको चेकजाच गराइने प्रतिष्ठानका डा. निरेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव