२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सबै एकजुट भए मात्र विकास सम्भव छ’

२८ बैशाख २०८२, आईतवार १३:०७

काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारभएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राख्नुभएको छ । क्षेत्रीय होटलसँगको समन्वयमा चितवनले ‘घुमाँै सौराहा, चितवन अभियान’ भन्ने मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले सबैबीच सहकार्य र समन्वय गर्दै मुलुक विकासमा जुट्नुपर्ने बताउनुभयो ।

सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय हो भनी एकजुट भएमा कामले गति लिने मुख्यमन्त्री कँडेलले उल्ल्ेख गर्नुभयो । उहाँले भन्नुभयो, “देश विकासका लागि सरकारको मुख्य भूमिका रहनुका साथै यसको गतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका पनि महत्त्पूर्ण रहन्छ । सङ्घीय प्रणालीमा व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेका छौँ । ती संरचनालाई निर्देशित गर्ने कानुन पुराना भएकाले जनताको चाहनाअनुसार काम गर्न समस्य भइरहेको छ ।”

जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानुन नबन्दा समस्या भइरहेको भन्दै उहाँले पुराना कानुनलाई विस्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवर्द्धन मुख्य आधार रहेको उहाँले उल्लेख गर्नुभयो । चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्त्व झल्काउन आउनुभएका सबैलाई सहकार्य र समन्वयबाट अघि बढ्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

“कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र भए पनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेका छन् । कर्णाली करिडोर हुँदै रारा, भेरी करिडोर हुँदै डोल्पा जान सकिन्छ । पर्यटकीय क्षेत्रको विकासमा सबै एकजुट भएर काम गर्नुपर्ने अहिलेको हावश्यकता हो”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो