2026-10-22 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ | कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङ्गले हिजो प्रस्तुत गर्नु भएको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।

छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र¬) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरु प्रतिपक्षको भूमिकामा रहेपनि सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

नेता आङ्बोले सरकारले नीति तथा कार्यक्रममा कुनै क्षेत्रलाई प्राथमिकतामा नराखेकाले सरकारले बनाउने बजेट वितरणमुखी हुने सम्भावना बढेको बताउनुभयो । उहाँले गरिबी निवारण, रोजगारी सिर्जना, बसाइँसराइका विषयमा राम्रो अवधारणा नआएको बताउनुभयो ।

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, किशोरचन्द्र दुलाल र खिनु लङ्वा लिम्बूले नीति तथा कार्यक्रमको समर्थन गर्दै सरकार जनताप्रति उत्तरदायी रहेको, प्रदेशप्रति जनताको आस्था बढ्ने र नीति तथा कार्यक्रम सन्तुलित रहेकाले प्रदेशको उत्रति हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

छलफलमा भाग लिँदै गीता तिमिल्सिना र प्रेमराज थाम्साङले नीति तथा कार्यक्रमको आलोचनात्मक टिप्पणी गर्नुभयो ।

शून्य समय
बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा सबीना बजगाँइ, गोपालबहादुर विश्वकर्मा, खगेश्वरी पौडेल, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, शीलादीक्षित कार्की, रमेशकुमार बस्नेत, शोभा चेम्जोङ र कमलप्रसाद जबेगुले बोल्नु भएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ