३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भोजपुरको खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै

१२ असार २०८२, बिहीबार १२:१८

काठमाडौँ । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण हुने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो ।

यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई सङकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । दीर्घकालिन लक्ष्यका साथ वडाको थौरे बजेटबाट भएपनि यो आर्थिक वर्षबाट संरचना निर्माण थालिएको उहाँको भनाइ छ । वडाले रु. तीन लाख बजेट विनियोजन गरेर बजार व्यवस्थापनको काम थालेको उहाँले बताउनुभयो ।“वडाको थोरै बजेटबाट भएपनि कृषि बजार निर्माणको अवधारणा अनुसार काम थालनी गरेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“खास गरेर स्थानीयस्तरमा उत्पादन भएका बस्तुको बजारीकरणमा सहयोग पु¥याउने हाम्रो लक्ष्य छ । वर्षेनी यहाँ संरचना थप्ने योजना छ ।”

यो स्थानमा महिनामा दुई पटक बजार लाग्ने भएकाले किसानले ल्याएका कृषि उत्पादनलाई सहज रुपमा बेचविखन गर्ने वातावरण बनाउन कृषि बजार निर्माण भइरहेको उहाँको भनाइ छ । कृषि बजार निर्माण पश्चात यहाँको कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

वडाले स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपजको सहज बेचविखनसँगै बजारीकरणको लागि कृषि बजार निर्माणले उत्साह थपेको स्थानीयबासी दलबहादुर राईले बताउनुभयो । कृषि बजार निर्माण पश्चात यहाँ उत्पादन भएका कृषि उपजको विनिमयमा सहजता हुने उहाँको भनाइ छ । खोक्सिक क्षेत्रलाई कृषि उत्पादनको हिसाव निकै उर्वरभूमि मानिन्छ । यहाँ किसानले तरकारीलगायत नगदेबालीको व्यावसायीकखेती गर्दै आएका छन् । ––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु