२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

दुई फरक-फरक हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक

२०७९, २१ बैशाख बुधबार १३:२३

वैशाख २१, इलाम | इलामा यही महिना भएका दुई फरक-फरक हत्याका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । वैशाख १४ गते इलाम नगरपालिका–८ सिङफ्रिङको बेलटारमा स्थानीय ३१ वर्षकी विनीता काफ्लेको हत्यामा संलग्न देवेन्द्र रिमालाई प्रहरीले सार्वजनिक गरेको हो । 

हत्यापछि बिनिताको शव टुक्राटुक्रा पारेर गाडिएको अवस्थामा फेला परेको थियो । रिमालले उनलाई विनीताकै घरमा १४ गते राति १२ बजेतिर सिरानीले मुख थुनेर गला दबाएर हत्या गरेको प्रहरीले बताएको छ । 


‘हत्यापछि अभियुक्तले बिनिताको शव बारीमा लगेर एउटा हात र शिर छेदन गरेर बनतरुल खनेको खाल्डोमा पुगेका रहेछन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाा बहादुर थापाले भने, ‘घटना लुकाउन उनले शव पुरेको खाल्डोमाथि अम्लिसोको सिटा र पत्कर भेला पारेर जलाएको देखिन्छ । आलो माटो नदेखियोस् भनेर उनले शव गाडेको खाडलमाथि अम्लिसो सिटा र पत्कर डढाए पनि केही केही ठाउँको आलो माटो यसै देखिएको रहेछ । त्यही आलो माटो देखिएपछि र गन्धा आएपछि स्थानीयले हामीले खबर गरेका हुन् ।’

रिमाले बाख्रा मरेर गाडेको भने पनि खाल्डो उत्खनन गर्दा बिनिताको शव फेला परेको थियो । खाडलमा महिलाको शव भेटिएपछि रिमाल फरार भएका थिए । उनलाई २० गते महभीर सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

बिनिताको हत्यापछि घटना छिपाउन रिमालले अनेक प्रयत्न गरेको प्रहरीले बताएको छ । बिनिताको हत्यापछि शवलाई टुक्राटुक्रा पारेर गाडेपछि रिमालले बिनिताको मोबाइलबाट फेसबुकमा पोस्ट गरेका थिए । हत्याको भोलिपल्ट बिनिताको फेसबुक एकाउन्टबाट ‘आजबाट नयाँ जीवन जीवनको सुरु भयो । मलाई कसैले नखोज्नु है । म सिक्किम जाँदैछु । नानीलाई लान सकिन मलाई माफ गरिदेऊ’ भन्ने स्ट्याटस पोस्ट भएको थियो । 

त्यसपछि विनीताकै मोबाइलबाट उनका दाजु दिनेश कटुवाललाई ‘दाजु मैले बिहे गरे मलाई माफ गरिदेऊ’ भन्ने सन्देश पठाइएको थियो । त्यो म्यासेज पनि घटना लुकाउनकै लागि अभियुक्त रिमालले गरेको प्रहरीले बताएको छ । बहिनीको म्यासेज इमोमा आएपछि झापाबाट दाजुले प्रहरीलाई बहिनी हराएकोले खोजिदिन भन्दै प्रहरीमा हुलिया निवेदन दिएका थिए । त्यसपछि बिनिताको खोजी सुरु भएको थियो ।

यस्तै वैशाख १४ गते इलामको देउमाई नगरपालिका–७ का ४५ वर्षका सन्तोष बाला राईको हत्या भएको थियो । राईको हत्यामा देउमाई नगरपालिका–७ २३ वर्षका भूपेन्द्र राई र उनका सहोदर भाइ २० वर्षको भूपेन्द्र राईको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

मादक पदार्थ सेवनका कारण भएको सामान्य विवादमा राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक ग‌ंगाबहादुर थापाले बताए । ‘मृतक सन्तोष वाला राईले सिद्धिथुम्का स्वास्थ्य चौकीमा कोभिडको बुस्टर डोज लगाएर फर्किने क्रममा मादक पदार्थ सेवन गरेर बाटोमा सुतिरहेको अवस्थामा अभियुक्तहरूले उनलाई बाटोमा भेटेको देखिन्छ’, उनले भने ।

दुई दाजुभाइले मादक पदार्थ सेवन गरेका थिए । 'मृतकलाई हामी पुर्‍याइदिन्छौं भन्दै डोर्‍याउँदै लैजाँदै गर्दा उनीहरूबीच सामान्य विवाद भएछ । त्यसपछि दाजुभाइले उनलाई बाटोमुनि अम्लिसोवारिमा लगेर लात मुक्का र ढुङ्गा प्रहार गरेर हत्या गरेका रहेछन्,’ उनले भने ।

हत्याको भोलिपल्ट अम्लिसोवारिमा शव भेटिएको सूचना प्रहरीलाई प्राप्त भएको हो । ‘मृतक व्यक्ति गएकैतिर दुई दाजुभाइ पनि होहल्ला गर्दै गएको सूचना पायौं तर ती घटना भएको ठाउँमा थिएनन् । उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो,’ उनले भने ।अभियुक्त दाजुभाइलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ