६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

दुई फरक-फरक हत्याकाण्डका तीन अभियुक्त सार्वजनिक

२१ बैशाख २०७९, बुधबार १३:२३

वैशाख २१, इलाम | इलामा यही महिना भएका दुई फरक-फरक हत्याका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । वैशाख १४ गते इलाम नगरपालिका–८ सिङफ्रिङको बेलटारमा स्थानीय ३१ वर्षकी विनीता काफ्लेको हत्यामा संलग्न देवेन्द्र रिमालाई प्रहरीले सार्वजनिक गरेको हो । 

हत्यापछि बिनिताको शव टुक्राटुक्रा पारेर गाडिएको अवस्थामा फेला परेको थियो । रिमालले उनलाई विनीताकै घरमा १४ गते राति १२ बजेतिर सिरानीले मुख थुनेर गला दबाएर हत्या गरेको प्रहरीले बताएको छ । 


‘हत्यापछि अभियुक्तले बिनिताको शव बारीमा लगेर एउटा हात र शिर छेदन गरेर बनतरुल खनेको खाल्डोमा पुगेका रहेछन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाा बहादुर थापाले भने, ‘घटना लुकाउन उनले शव पुरेको खाल्डोमाथि अम्लिसोको सिटा र पत्कर भेला पारेर जलाएको देखिन्छ । आलो माटो नदेखियोस् भनेर उनले शव गाडेको खाडलमाथि अम्लिसो सिटा र पत्कर डढाए पनि केही केही ठाउँको आलो माटो यसै देखिएको रहेछ । त्यही आलो माटो देखिएपछि र गन्धा आएपछि स्थानीयले हामीले खबर गरेका हुन् ।’

रिमाले बाख्रा मरेर गाडेको भने पनि खाल्डो उत्खनन गर्दा बिनिताको शव फेला परेको थियो । खाडलमा महिलाको शव भेटिएपछि रिमाल फरार भएका थिए । उनलाई २० गते महभीर सामुदायिक जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

बिनिताको हत्यापछि घटना छिपाउन रिमालले अनेक प्रयत्न गरेको प्रहरीले बताएको छ । बिनिताको हत्यापछि शवलाई टुक्राटुक्रा पारेर गाडेपछि रिमालले बिनिताको मोबाइलबाट फेसबुकमा पोस्ट गरेका थिए । हत्याको भोलिपल्ट बिनिताको फेसबुक एकाउन्टबाट ‘आजबाट नयाँ जीवन जीवनको सुरु भयो । मलाई कसैले नखोज्नु है । म सिक्किम जाँदैछु । नानीलाई लान सकिन मलाई माफ गरिदेऊ’ भन्ने स्ट्याटस पोस्ट भएको थियो । 

त्यसपछि विनीताकै मोबाइलबाट उनका दाजु दिनेश कटुवाललाई ‘दाजु मैले बिहे गरे मलाई माफ गरिदेऊ’ भन्ने सन्देश पठाइएको थियो । त्यो म्यासेज पनि घटना लुकाउनकै लागि अभियुक्त रिमालले गरेको प्रहरीले बताएको छ । बहिनीको म्यासेज इमोमा आएपछि झापाबाट दाजुले प्रहरीलाई बहिनी हराएकोले खोजिदिन भन्दै प्रहरीमा हुलिया निवेदन दिएका थिए । त्यसपछि बिनिताको खोजी सुरु भएको थियो ।

यस्तै वैशाख १४ गते इलामको देउमाई नगरपालिका–७ का ४५ वर्षका सन्तोष बाला राईको हत्या भएको थियो । राईको हत्यामा देउमाई नगरपालिका–७ २३ वर्षका भूपेन्द्र राई र उनका सहोदर भाइ २० वर्षको भूपेन्द्र राईको संलग्नता पुष्टि भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

मादक पदार्थ सेवनका कारण भएको सामान्य विवादमा राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक ग‌ंगाबहादुर थापाले बताए । ‘मृतक सन्तोष वाला राईले सिद्धिथुम्का स्वास्थ्य चौकीमा कोभिडको बुस्टर डोज लगाएर फर्किने क्रममा मादक पदार्थ सेवन गरेर बाटोमा सुतिरहेको अवस्थामा अभियुक्तहरूले उनलाई बाटोमा भेटेको देखिन्छ’, उनले भने ।

दुई दाजुभाइले मादक पदार्थ सेवन गरेका थिए । 'मृतकलाई हामी पुर्‍याइदिन्छौं भन्दै डोर्‍याउँदै लैजाँदै गर्दा उनीहरूबीच सामान्य विवाद भएछ । त्यसपछि दाजुभाइले उनलाई बाटोमुनि अम्लिसोवारिमा लगेर लात मुक्का र ढुङ्गा प्रहार गरेर हत्या गरेका रहेछन्,’ उनले भने ।

हत्याको भोलिपल्ट अम्लिसोवारिमा शव भेटिएको सूचना प्रहरीलाई प्राप्त भएको हो । ‘मृतक व्यक्ति गएकैतिर दुई दाजुभाइ पनि होहल्ला गर्दै गएको सूचना पायौं तर ती घटना भएको ठाउँमा थिएनन् । उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो,’ उनले भने ।अभियुक्त दाजुभाइलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह